3 years ago
March 19, 2023
एजेन्सी – ओपनर सोफी डेविनको विष्फोटक ब्याटिङमा रोयल च्यालेन्जर्स बेंगलोरले वुमन्स प्रिमियर लिगमा गुजरात जायन्ट्समाथि ८ विकेटको सानदार जित हात पारेको छ । जितको लागि १ सय ८९ रनको विशाल विजयी लक्ष्य पछ्याएको बेंगलोरले १५.३ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो ।

बेंगलोरको जितमा ओपनर सोफी डेविनले ३६ बलमा ९ चौका र ८ छक्कासहित ९९ रनको विष्फोटक शतकीय इनिङ खेलिन् । सोफी किम गर्थको १२ औं ओभरको पाँचौं बलमा क्याच आउट भएपछि शतक बनाउन एक रनले चुकेकी थिइन् । कप्तान स्मृति मन्धनाले ३१ बलमा ५ चौका र १ छक्कासहित ३७ रनमा आउट भइन् ।
पहिलो विकेटका लागि सोफी र स्मृतिले ९.२ ओभरमा १ सय २५ रनको सानदार शतकीय साझेदारी गरेका थिए । एलिसा पेरी १८ र हेथर नाइट २२ रनमा अविजित रहिन् ।
त्यसअघि ब्रेबोन स्टेडियम मुम्बईमा टस जितेर पहिला ब्याटिङ रोजेको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८८ रन बनाएको थियो । गुजरातकी लौरा वोल्भार्डटले ४२ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक ६८ रन बनाइन् ।
एलिसा गार्डनरले २६ बलमा ६ चौका र १ छक्कासहित ४१ रन बनाइन् । बेंगलोरकी श्रीखला पाटिलले दुई विकेट लिइन् । बेंगलोर ७ खेलमा २ मा जित र ५ मा हारसहित ४ अंकका साथ चौथो स्थानमा छ ।
गुजरात ७ खेलमा २ मा जित र ५ मा हारसहित पुछारमा छ । मुम्बई ६ खेलमा ५ मा जित र १ मा हारसहित १० अंकका साथ शीर्ष स्थानमा छ । दिल्ली ६ खेलमा ४ मा जित र २ मा हारसहित ८ अंकका साथ दोस्रो स्थानमा छ ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]