3 years ago
March 19, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा सानदार प्रदर्शन गर्दै सोझै विश्वकप छनोटमा स्थानमा बनायो । नेपालको बलिङ प्रतियोगिताभर सानदार रह्यो । नेपालले पछिल्ला १२ मध्य ११ खेल जितेपछि सोझै ओडिआई मान्यता बचाउनुको साथै शीर्ष तीनमा पर्दै जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाएको थियो ।

नेपालका स्पिनर सन्दीप लामिछाने लिग-२ मा एकै खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी बने । सन्दीप लिग-२ मा सर्वाधिक विकेट लिने सूचिमा दोस्रो स्थानमा रहे । सन्दीप अघि ओमानका बिलाल खान रहे । सम्रगमा लिग-२ मा सर्वाधिक विकेट लिने पाँच नेपाली खेलाडी र उनीहरुको प्रदर्शन यस प्रकार छ ।
५. कुशल मल्ल–१६ विकेट

लिग-२ मा नेपालबाट सर्वाधिक विकेट लिने सूचिमा कुशल मल्ल पाँचौं नम्बरमा रहे । बायाँ हाते स्पिनर कुशल मल्लले १८ खेलमा १ सय १० ओभर बलिङ गर्दा कुल ५ सय २ रन खर्चेर १६ विकेट लिए ।
उनको इकोनमी ४.५६ रहँदा उत्कृष्ट प्रदर्शन २-६ रह्यो । कुशलले समग्र प्रतियोगितामा अलराउन्ड प्रदर्शन गरेका थिए । नेपालले उनलाई पार्टटाइम स्पिनरको रुपमा टोलीमा प्रयोग गरेको थियो । त्यसलाई कुशलले राम्रो सदुपयोग गरे ।
४. दीपेन्द्रसिंह ऐरी- २३ विकेट

अलराउन्डर दीपेन्द्रसिंह ऐरीको लिग-२ मा ब्याटिङ राम्रो हुन सकेन । तर बलिङ र फिल्डिङ भने सानदार रह्यो । दीपेन्द्रले १९४.२ ओभर बलिङ गर्दै कुल ७ सय ३३ रन खर्चेर २३ विकेट लिए ।
मार्च ६ दुबईमा युएईविरुद्ध उत्कृष्ट पूनरागमन जित दिलाउन दीपेन्द्रले ८ ओभरमा १८ रन खर्चेर ३ विकेट लिएका थिए । बलिङमा उत्कृष्ट प्रदर्शन दीपेन्द्रको एउटा यादगार प्रदर्शन रह्यो । दीपेन्द्र नेपालको दोस्रो प्रमुख स्पिनरको रुपमा खेलेका थिए ।
३. सोमपाल कामी-३६ विकेट

नेपालका प्रमुख तीव्र गतिका बलर सोमपाल कामीले ३१ खेलमा २२८.३ ओभर बलिङ गर्दै कुल १ हजार १ सय ११ रन खर्चेर ३६ विकेट लिए । उनले २० ओभर मेडन राखेका थिए ।
सोमपालले गतवर्ष युएईविरुद्ध ९ ओभरमा ३९ रन खर्चेर ४ विकेट लिएका थिए । उक्त प्रदर्शन लिग-२ को मा उनको उच्च प्रदर्शन हो । समग्र लिग २ मा सर्वाधिक विकेट लिने खेलाडीमा सोमपाल १६ औं नम्बरमा रहे ।
२. करण केसी– ५० विकेट

नेपालका तीव्र गतिका बलर करण केसीले लिग २ मा सानदार प्रदर्शन गरे । करणले ३० खेलमा २१५.५ ओभरम १ हजार १ सय ३ रन खर्चेर ५० विकेट लिए । १५ ओभर मेडन राखेका करणले तीन पटक पाँच विकेट लिए ।
तीन पटक चार विकेट लिएका थिए । करणले गतवर्ष ओमानविरुद्ध दुबै खेलमा पाँच पाँच विकेट लिएका थिए । उनले अघिल्लो महिना नामिबियाविरुद्ध पनि ५ विकेट लिएका थिए ।
त्यस्तै करणले २०२० मा ओमान र अमेरिकाविरुद्ध टियु मैदानमा लगातार दुई पटक चार विकेट लिएका थिए । उनी समग्र लिग २ मै सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा छैटौं स्थानमा रहे ।
१. सन्दीप लामिछाने – ७२ विकेट

स्पिनर सन्दीप लामिछाने लिग २ मा नेपालबाट सर्वाधिक विकेट लिने खेलाडी बने । सन्दीपले ३१ खेलमा २८२ ओभर बलिङ गर्दा १ हजार १ सय ४२ रन खर्चेर कुल ७२ विकेट लिए । सन्दीपले १८ मेडन राख्दा इकोनमी ४.०४ रह्यो । सन्दीपले पाँच पटक चार विकेट र दुई पटक पाँच विकेट लिए ।
सन्दीपले २०२० मा अमेरिकालाई ३५ रनमा अल आउट गर्न ६ ओभरमा १ मेडनसहित १६ रन खर्चेर ६ विकेट लिएका थिए । जुन प्रदर्शन लिग २ कै सर्वाधिक उत्कृष्ट प्रदर्शन हो । सन्दीपले दुई साता अघि पपुवा न्युगिनीविरुद्ध पाँच विकेट लिएका थिए । सन्दीप भन्दा अघि ओमानका बिलाल खान ३५ खेलमा ७६ विकेट लिँदै शीर्ष स्थानमा रहे ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]