default_image

9 years ago

January 2, 2017

सुदीपको उत्कृष्ट बलिङमा रामपुरको जित

137 views

0 Bookmark

राकेश तिमल्सिना
चितवन (हाम्रो खेलकुद)– रामपुरको कृषि तथा वनविज्ञान कलेजले चितवनमा जारी चौथो क्याची एसएसपी कप क्रिकेट प्रतियोगितामा सोमबार भरपुरको प्रेसिडेन्सी कलेजलाई १० विकेटले हराएको छ ।

shiva-poudel-cup
विशाल चोकस्थित नौ बिगाहा मैदानमा टस जितेर ब्याटिङ रोजेको प्रेसिडेन्सीले निर्धारित २० ओभरका खेलमा १६ ओभरमा अलआउट हुँदै ६३ रन बनायो । सम्हालिन नसकेको प्रेसिडेन्सीका लागि सन्दीप शर्माले २२ रन बनाए भने अन्यले खासै राम्रो प्रदर्शन गर्न सकेनन् । बलिङतर्फ रामपुर टोलीका सुदीप कुँवरले ४ ओभरमा ७ रन दिएर ४ विकेट लिए ।

६४ रनको झिनो लक्ष्य पछ्याएको रामपुरले ५.५ ओभर खेल्दै विना विकेटको क्षतिमा जित हासिल गर्यो । रामपुरका पवन थापाले ४६ रन जोडे । उनले २५ बल खेल्दै २ छक्का र ७ चौका प्रहार गरे । लगातार दुई हारपछि प्रेसिडेन्सी प्रतियोगिताबाट बाहिरिएको छ । पहिलो दिन प्रेसिडेन्सी अर्किडसँग पराजित भएको थियो ।

रामपुरका सुदीप म्यान अफ दी म्याच घोषित भए र उनले डिटिसीको मोबाइल सेट प्राप्त गरे । क्याची एजुकेशन कन्सलटेन्सी मुख्य प्रायोजक रहेको प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको छ । ।

क्याची एसएसपी कपमा मंगलबारको खेल
कृषि तथा वनविज्ञान कलेज, रामपुर विरुद्ध अर्किड कलेज, भरतपुर

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

December 13, 2025

सुदूरपश्चिमविरुद्ध रोहित ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]

Success

Thank you for your time.