9 years ago
January 8, 2017
राकेश तिमल्सिना
चितवन – काठमाडौँको हर्टल्यान्ड कलेज चौथो क्याची एसएसपी कप क्रिकेट प्रतियोगिता सेमिफाइनलमा पुगेको छ । बुटवलको वेस्टर्न क्रिकेट एकेडेमीलाई ६ विकेटले हराउँदै हर्टल्यान्ड नेट रनरेटको आधारमा समुह डी को बिजेता रुपमा अन्तिम चारमा पुगेको हो ।

विशाल चोकको नौ बिगाहा मैदानमा ९३ रनको सामान्य लक्ष्य पछ्याएको हर्टल्यान्डले ११. ४ ओभरमा ४ विकेटको क्षेतिमा जित निकाल्यो । सेमिफाइनल प्रवेशका लागि हर्टल्यान्डले १३.३ ओभरमा जित्नै पर्ने थियो । हर्टल्यान्डलाई जित दिलाउन दिनेश आग्रीले सर्वाधिक ४० रन बनाएका थिए । २१ बल खेलेका उनले ४ छक्का र ३ चौका प्रहार गरे । त्यस्तै, कप्तान भिम सार्कीले ३५ र अरुण ऐरीले १४ रन जोडे । बलिङतर्फ वेस्टर्नका विष्णु पाण्डेयले २ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ राजेकोे वेस्टर्नले १९.२ ओभरमा सबै विकेट गुमाउदै ९२ रनमा रोकियो । वेस्टर्नका लागि रोहित पौडेलले २१, विजय सुनारले १९ र शाहा आलमले १७ रन बनाए । वेस्टर्नलाई कम स्कोरमा समेट्ने क्रममा हर्टल्यान्डका अरुण ऐरीले ४ विकेट लिए । अलराउन्ड प्रदर्शन गरेका अरुण खेलको म्यान अफ द म्याच घोषित भए ।
क्याची एसएसपी कपमा सोमबारको सेमिफाइनल
कृषि तथा वन विश्वविद्यालय, रामपुरविरुद्ध क्यापिटल कलेज, काठमाडौं
भरतपुरको ग्रेस वीरेन्द्रविरुद्ध काठमाडौँको हर्टल्यान्ड कलेज
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]