default_image

9 years ago

January 22, 2017

सर्वाधिक पुरस्कार राशिको पुरुष भलिबल हुने

224 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) –  राष्ट्रिय युवा अभियानको आयोजनामा काठमाडौंमा सर्वाधिक पुरस्कार राशिको ‘प्रथम राष्ट्रिय पुरुष भलिबल रनिङ शिल्ड’ प्रतियोगिता हुने भएको छ । आयोजकले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै राष्ट्रिय युवा अभियानको स्थापना दिवसको अबसर पारेर काठमाडौंमा प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गरायो ।

volleyball

प्रतियोगितामा तीन विभागीय त्रिभुवन आर्मी, नेपाल प्रहरी र नेपाल एपिएफ क्लबसहित पाँच विकास क्षेत्रका पाँच टिमले प्रतियोगितामा सहभागिता जनाउने आयोजकले जानकारी गरायो । फागुन १० देखि १३ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद तीनलाख ५० हजार, उपविजेताले दुई लाख प्राप्त गर्नेछन् । सेमिफाइनलमा पराजित हुने दुई टिमले समान ५०–५० हजार प्राप्त गर्नेछन् । यस्तै उत्कृयट खेलाडीले २५ हजार तथा अनुशाषित टिम र विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीले समान १०–१० हजार प्राप्त गर्नेछन् । पोखरामा हुने प्रतियोगिताको दोस्रो संस्करणमा भने महिला भलिबल प्रतियोगिता समावेश हुने आयोजकले जानकारी गरायो ।

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

December 13, 2025

सुदूरपश्चिमविरुद्ध रोहित ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]

Success

Thank you for your time.