9 years ago
February 5, 2017
बार्सिलोना (एजेन्सी)– बार्सिलोनाले गए राती एथलेटिको बिल्बाओलाई ३–० ले हराउँदै स्पेनिस ला लिगामा शीर्षस्थानको रियल मड्रिडसँगको दुरीलाई छोट्याएको छ । रियलको ४६ अंक छ भने बार्सिलोनाको ४५ पुगेको छ । यद्दपी बार्सिलोनाले २१ खेल खेल्दा रियलले २ खेल कम खेलेको छ ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाको जितमा पाको अलकासेर, लियोनल मेस्सी र एलेक्स भिडालले गोल गरेका थिए ।
१८ औं मिनेटमा अलकासेरले पहिलो गोल गरे । पहिलो हाफमै मेस्सीले गोल थपे । ४० औं मिनेटमा मेस्सीले फ्रिकिकमा गोल गरेका हुन् । ६७ औं मिनेटमा भिडालले गोल गरेपछि बार्सिलोनाको जित सहज बनेको थियो । यो सिजन सबै प्रतियोगितामा गरि अन्तिम गोल बार्सिलोनाको त्यो सयौं गोल थियो ।
शनिबार ला लिगका अन्य खेलमा एट्लेटिको मड्रिडले लेगानेसलाई २–०, एइबरले भ्यालेन्सियालाई ४–० र इस्पानियोलले मालागालाई १–० ले हरायो । एन्टोनियो ग्रिजम्यान पेनाल्टीमा गोल गर्न चुकेको खेलमा फर्नान्डो टोरेसले दुई गोल गरेका थिए । टोरेसले पहिलो हाफ र दोस्रो हाफमा एक एक गोल गरे । एट्लेटिको ३९ अंकका साथ चौथो स्थानमा छ । समान ३२ अंकसहित इइबर सातौं र इस्पानियोल आठौं स्थानमा छन् ।
यसैबीच, शनिबारका लागि तय रियल मड्रिड र सेल्टा भिगो बीचको खेल हावाहुरीका कारण स्थगित भएको छ । हुरीबतासले सेल्टा भिगोको मैदानमा क्षेति पुगेकाले स्थागित गर्नु परेको बताइएको छ ।

December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]