9 years ago
February 8, 2017
बार्सिलोना (एजेन्सी)– बार्सिलोना कोपा डेल रे को फाइनल पुगेको छ । गए राती एट्लेटिको मड्रिडसँग दोस्रो लेगमा १–१ को बराबरी खेलेपनि पहिलो लेगको अग्रताले बार्सिलोना समग्रमा ३–२ नतिजासहित उपाधि नजिक पुगेको हो ।लुइस स्वारेज र लियोनल मेस्सीको गोलमा बार्सिलोनाले पहिलो लेगमा २–१ ले जितेको थियो । त्यति बेला एन्टोनियो ग्रिजमानले गोल फर्काएका थिए । तीन खेलाडीले रातो कार्ड पाएको खेलको अन्त्यमा बार्सिलोना ९ खेलाडी र एट्लेटिको १० खेलाडीमा सिमित भएको थियो ।

बुधबार खेलको ४३ औं मिनेटमा स्वारेजको गोलमा बार्सिलोनाले घरेलु मैदानमा अग्रता लिएका थिए । खेल सकिन ७ मिनेट बाँकी रहँदा एट्लेटिकोका केभिन गेमेरोले गोल फर्काउँदै टोलीको आशालाई जीवित राखेका थिए ।
परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेका गेमेरो पेनाल्टीमा गोल गर्न चुकेपछि खेलको अन्त्यतिर गोल गर्न सफल भएका थिए । एट्लेटिको ग्रिजमानको गोललाई रेफ्रीले अफसाइड लिउका थिए । अर्को तिर बार्सिलोनाका मेस्सी को फ्रि किक पोस्टमा लागेर बाहिरिएको थियो ।

दुवै लेगमा गोल गरेका स्वारेजले फाइनल खेल्न भने नपाउने भएका छन् । खेलको अन्तिम तीन मिनेटमा दोहोरो पेहेलो कार्ड पाउँदै स्वारेजले मैदान छोड्नु परेको थियो । सेल्टा भिगो र अलाभेसबीचको विजेतासँग हुने फाइनलमा उनी खेल्न पाउने छैनन् ।
स्वारेजअघि दोस्रो पहेलो कार्डको सामना गर्दै बार्सिलोनाका सर्जी रोबर्टो मैदान बाहिरिदा बार्सिलोना १० खेलाडी मा सिमित भइसकेको थियो । एट्लेटिकोका विङर कारास्को पनि दोस्रो पटक पहेलो कार्डको सामना गर्दै मैदान बाहिरिदा टोली १० खेलाडीमा सिमित भएको थियो ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]