9 years ago
February 8, 2017
केप टाउन (एजेन्सी) – श्रीलंकाविरुद्ध पाँच एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट श्रृखंलामा ३–० को अग्रता लिइसकेको दक्षिण अफ्रिकाले गए राती चौथो खेलमा ४० रनको जित हासिल गरेको छ । ३ सय ६८ रनको लक्ष्य पछ्याएको श्रीलंकाले ४८.१ ओभरमा सबै विकेट गुमाउँदै ३ सय २७ रन बनाएको थियो ।

राम्रो सुरुवात गरेको श्रीलंकाको पहिलो विकेटका लागि निरोशन डिक्वेला र उपुल थरगांले १ सय ३९ रनको साझेदारी गरेका थिए । डिक्वेलाले अर्धशतक पुरा गरे भने थारंगशाले शतक बनाए । ४७ बलको सामना गर्दै डिक्वेलाले ९ चौकासहित ५८ रन जोडे । थारगांले ९० बलमा ११ चौका र ७ छक्कासहित १ सय १९ रनको योगदान गरे ।
थारगांलाई गुमाउदा श्रीलंकाले ३ विकेटको क्षतिमा २ सय १६ रन बनाइसकेको थियो । तर पछिल्लो क्रममा ब्याट्सम्यान मध्ये सनदुन विराकोडी (५८ रन) र एस्ला गुणारत्ने (३८रन) बाहेक कसैले दोहोरो अंक बनाउन नसक्दा श्रीलंकाले लगातार चौथो हार बेहोर्नु परेको थियो । दक्षिण अफ्रिकाका लागि वायने पार्नेलले ४, ड्वाइने प्रिटोरियस,कागिसो राबाडा र इमरान ताहिरले समान २ विकेट लिए । इमरानले अन्तिम ओभरमा दुई विकेट लिएका थिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले फा डु प्लेसिसको कीर्तिमानी इनिङ्ससँगै निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ६७ रनको योगफल तयार गरेको थियो । प्लेसिसले व्यक्तिगत उच्च स्कोर बनाउने क्रममा १ सय ८५ रनको इनिङ्स खेलेका थिए । १ सय ४१ बल खेलेका उनले १६ चौका र ३ छक्का प्रहार गरे ।
टोलीका कप्तान एबी डि भिलियर्सले ६२ बलमा ४ चौकासहित ६४ र क्विन्टन डी ककले ४६ बलमा ७ चौका साथ ५५ रन बनाए । फरहान बेहार्डिनले ३६ र जेपी डुमिनीले २० रन जोडे । भ्रमणकारी टोलीका लागि लाहिरु कुमारा र सचिथ पथिरानाले समान २ तथा लाहिरु माधुशंकाले १ विकेट लिए । श्रृखंलाको पाँचौं तथा अन्तिम खेल शुक्रबार हुनेछ ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]