10 years ago
October 22, 2015
कार्तिक ५, २०७२
आयरल्याण्डलाई ३ विकेटले पराजित गर्दै नेपाल आगामी वर्ष बंगलादेशमा हुने यू १९ विश्वकपका लागि छनोट भएको छ । यो जितसँगै नेपालले सातौंपटक यू १९ विश्वकप खेल्ने पक्का भएको हो ।
मलेसियाको क्वालालमपुरमा भएको फाइनल खेलमा आयरल्याण्डले टस जितेर पहिलो ब्याटिङ रोजेको थियो । आयरल्याण्डले ४७.४ ओभरमा सबै विकेट गुमाउँदै मात्र १८४ रन बनाउन सक्यो ।
१८५ रनको लक्ष्य पछ्याउन मैदान प्रवेश गरेको नेपाली टोली ७ विकेट गुमाउदै ४६.३ ओवरमा लक्ष पुरा गर्यो ।
सुनिल धमलाले ४७ रन बनाए, यस्तै नेपाल नेपालका मध्यक्रमका ब्याट्स्म्यान राजु रिजालले ३५ रनको योगदान दिएका थिए । यस्तै आरिफ शेखले २१ र दिपेन्द्रसिंह ऐरीले २६ रन बनाएका थिए ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]