9 years ago
May 28, 2017
काठमाडौं (हाम्रो खेलकुद)– सुशन भारीले किफायती बलिङ गरेपछि राजधानीमा जारी प्रथम प्रधानमन्त्री कप एक दिवसिय क्रिकेट प्रतियोगितामा आइतबार त्रिभुवन आर्मी क्लबले अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई ७ विकेटले हराएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा १ सय १० रनको लक्ष्य लिएर उत्रेको आर्मीले ३०.४ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । झिनो लक्ष्य लिएर ब्याटिङ गरेका आर्मीले सुरुआतमा भने केही दबाब खेप्नु परेको थियो । ओपनरद्वय अनिल मण्डल र महेश क्षेत्री तथा अलराउन्डर सागर पुनलाई सस्तैमा गुमाउँदा आर्मीले केही समय दबाब झल्नु परेको थियो । यी तीन शीर्ष ब्याट्सम्यान आउट हुँदा टोलीले ३७ रनमात्र बनाउन सकेको थियो । तर कुनै रन प्रहार गर्नु अगावै अमित श्रेष्ठले क्याच छाडेर जीवन दान पाएका कप्तान विनोद भण्डारी र नरेश बुढाएरले चौथो विकेटका लागि अविजित ८० रनको साझेदारी गरेपछि आर्मीको जित सहज बनेको थियो ।
नरेशले ४१ र विनोदले ४६ रनको अविजित योगदान दिएका थिए । पुलिसका ललितसिंह भण्डारीले २ र सुशिल कँडेलले १ विकेट लिएका थिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पुलिसले २५.५ ओभर सबै विकेट गुमाएर १ सय ९ रन बनाएको थियो ।

टस जितेर फिल्डिङ रोज्ने आर्मीको निर्णयलाई सुशनले सहि साबित गरे भने उनलाई अन्य बलरले राम्रो साथ दिए । पुलिसले सुरुआती दुई ओभरमै महत्वपूर्ण दुई विकेट गुमाएको थियो । खेलको पहिलो बलमा सुनिल धमलालाई गोल्डेन डक आउट गराएका सोमपाल कामीले छैटौं बलमा अमित श्रेष्ठको विकेट लिए । पुलिसको पारीलाई मजबुत बनाउने प्रयासमा दिलिप नाथले अर्धशतक पुरा गरेका थिए । तर अर्को क्रिजमा लगातार ब्याट्सम्यान आउट भएपछि पुलिस सस्तैमा समेटिएको थियो। नवौं विकेटका रुपमा आउट हुनुअघि उनले ५० रन पुरा गरेका थिए।
पुलिसका लागि दिपेन्द्र सिंह एरीले २२ रन जोडे । पुलिसका २ ओपनरसहित ५ खेलाडीले रनको खाता खोल्न सकेनन् । टोलीका अन्य सदस्य आरिफ शेखले ४, मन्जित श्रेष्ठले ६, सुशिलले ३ तथा ललितसिंहले २ रन जोडे । चार बलर मात्र प्रयोग गरेको आर्मीका लागि सुशन भारीले कसिलो बलिङ गरे । ७.५ ओभर बलिङ गरेका सुशनले मात्र १६ रन खर्चेर ६ खेलाडीलाई शिकार बनाएका थिए । त्यस्तै सोमपाल र सागरले समान २ विकेट लिए । आर्मीका सुशन म्यान अफ दी म्याच घोषित भए ।

December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]