9 years ago
May 29, 2017
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले राजधानीमा जारी प्रधानमन्त्रीकप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी शुरुवात गरेको छ । प्रतियोगिता अन्तर्गत सोमबारबाट शुरु भएको समूह ‘ए’ को खेलमा पश्चिमाञ्चललाई डिएल (डकवर्थ लुइस) नियमको आधारमा १६ रनले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।

एपिएफले ३७ ओभरमा ४ विकेट गुमाएर १ सय ६० रन बनाएर खेलिरहेको अवस्थामा वर्षा भएपछि खेल रोकिएको थियो। त्यसपछि पश्चिमाञ्चलले २० ओभरमा १ सय ४८ रनको नयाँ लक्ष्य पायो। जवाफी ब्याटिङ गरेको पश्चिमाञ्चलले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३१ रन बनायो। मध्यक्रममा ब्याटिङमा आएका पश्चिमाञ्चलका सौरभ खनाले विस्फोटक ब्याटिङ गरेपनि टिमलाई जित दिलाउन सकेनन्। ४९ बलको सामना गरेका सौरभले ३ चौका र ११ छक्काको मद्दतले अविजित ९० रन जोडेका थिए। उनलाई अन्य ब्याट्सम्यानहरुले साथ दिन नसक्दा पश्चिमाञ्चल पहिलो खेलमा पराजित हुन पुग्यो। खेलमा पश्चिमाञ्चलका अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। एपिएफका कप्तान ज्ञानेन्द्र मल्लले तीन विकेट लिए । सन्दिप जोरा, अविनाश बोहोरा र भुवन कार्कीको नाममा समान एक–एक विकेट रह्यो।

अर्धशतक प्रहार गरेपछि सौरभ खनाल
यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एपिएफले ३७ ओभरमा ४ विकेट गुमाएर १ सय ६० रन बनाएको थियो । त्यसैबेला पानी परेपछि खेल पुन सुरु हुन सकेन । एपिएफका ओपनर सुवास खकुरेलले ५० रनको अर्धशतकीय इनिङ्स खेले । प्रदिप ऐरी ४५ रन तथा कप्तान ज्ञानेन्द्र मल्ल ३३ रनमा अविजित रहे । आशिफ शेख १९ रनमा आउट भए । पश्त्रिमाञ्चलका लाल अधिकारीले दुई तथा धिरज शाही र विपिन खत्रीले समान एक–एक विकेट हात पारे ।
आक्रमक ब्याटिङ गरेका पश्चिमका सौरभ खनाल म्यान अफ द म्याच भए। उनले नगद रु. ५ हजार सँगै ट्रफी हात पारे।
प्रतियोगिता अन्र्तगत मंगलबार समूह ‘ए’ कै मध्यमाञ्चल र मध्यपश्चिमाञ्चलबीच खेल हुनेछ ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]