9 years ago
May 30, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बक्सिङ संघले भावी कार्ययोजना र कार्य विवरण सार्बजनिक गरेको छ । संघले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै भावी कार्ययोजना र पछिल्लो कार्यविवरण पेश गरेको थियो । कार्ययोजना अन्तर्गत संघले असारमा वीर गणेशमान स्मृति राष्ट्रिय खुला बक्सिङ प्रतियोगिता आयोजना गर्ने बताएको छ ।

संघले साउनमा स्कुल बक्सिङ प्रशिक्षण कोर्स र युथ बक्सिङ कलेज कोर्स गर्ने बताएको छ भने असोजमा पोखरामा राष्ट्रिय युथ च्याम्पियनसिप आयोजना गर्ने संघका अध्यक्ष राम अवालेले जानकारी गराए । वार्षिक कार्यक्रम अनुसार कात्तिकमा बुढानिलकण्ठ र चैतमा झापामा खुला राष्ट्रिय बक्सिङ प्रतियोगिता हुनेछ । संघले सन् २०१८ भित्र आफ्नै एकेडेमी बनाउने कार्य सुरु गर्ने जनाएको छ । जसअन्तर्गत कोचेज तथा रेफ्री ट्रेनिङ भावि कार्यक्रममा समावेश गरेको छ । त्यस्तै नेपालले थाईल्याण्ड, भियतनाम र भारतमा तीन अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने छ । जस अनुसार थाइल्यान्डमा जुलाइ १ मा युथ बक्सिङ, भियतनामा नोभेम्बरमा एसियन इलाइट बक्सिङ च्याम्पियनसिपमा सहभागी हुनेछ भने मित्रराष्ट्र भारतमा सेप्टेम्बरमा इन्डो नेपाल बक्सिङ च्याम्पियनसिपमा नेपालको सहभागिता रहनेछ ।
संघको प्रगति विवरणमा अन्तर्राष्ट्रिय प्रतियोगिता सहभागिताका दौरान नेपाललाई उज्बेकिस्तान बक्सिङ फेडेरेसनको समन्वयनमा लाखौँ मुल्य बराबरको बक्सिङ सामाग्री आउने संघका अध्यक्ष अवालेले बताए । गतवर्ष संघले राष्ट्रिय रेफ्री तथा जर्ज रिफ्रेसर, चौथो राष्ट्रिय खुल्ला महिला र पुरुष बक्सिङ तथा प्रथम नोविस च्याम्पियनसिप लगायत कार्यक्रम सम्पन्न गरेको जनाएको छ । जसमा आइबा आइटिओ कोर्ष, आइबा युथ च्याम्पियनसिप, आइबा कंग्रेस, थाइल्यान्ड बक्सिङ च्याम्पियनसिप र एसियन बक्सिङ च्याम्पियनसिप लगायत अन्तर्राष्ट्रिय गतिविधिमा सहभागिता जनाएको संघका अध्यक्ष राम अवालेले उल्लेख गरे ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद(राखेप)का सदस्यसचिव केशव कुमार विष्टले संघलाई छिटृै वैधानिक बाटोतर्फ डोर्याउने जनाएको छ । उनले भने केही सामान्य कानुन अड्चन भएपनि परिषद्ले छिटृै वैधानिक पाउनेछ । सदस्यसचिव विष्टले १३ औँ साग र एसियाडका लागि पुर्ण रुपमा तयारी गर्न निर्देशन दिदैँ आवश्यक सहयोगका लागि राखेप सधै तयार रहेको विश्वास ब्यक्त गरे ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]