9 years ago
June 12, 2017
काठमाडौं (हाम्रो खेलकुद)– अर्को साताबाट राजधानीमा सुरु हुने भनिएको एसियन प्रिमियर लिग (एपिएल) क्रिकेट च्याम्पियनसिप आयोजनाका विषयलाई लिएर क्रिकेट प्लेयर एसोसिएसन अफ नेपाल (सिप्यान) ले गभ्भिर प्रश्न उठाएको छ । विदेशी व्यवस्थापन कम्पनीले आयोजना नेपालमा ठूलो प्रतियोगिता आयोजना हुनु सुखद हुँदा हुँदै त्यसले कुनै प्रक्रिया पुरा नगरेको सिप्यानले विज्ञप्तीमार्फत उजागर गरेको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान समेत रहेका सिप्यानका महासचिव पारस खड्काले सोमबार विज्ञप्ती जारी गर्दै भनेका छन्,‘एपिएलमा कुनै पनि नेपाली खेलाडी र अफिसियलको सहभागिता छैन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) र एसियन क्रिकेट काउन्सिल (एसिसी) बाट पनि च्याम्पियनसिपका लागि स्वीकृति लिइएको छैन । त्यसका साथै क्रिकेट खेल विना कुनै अवरोध सञ्चालन गर्न विश्वका कुनै पनि व्यवसायिक लिगले आइसिसीको भ्रष्टाचार विरोधी कानुनको पालना गरेको हुनुपर्दछ । ’
सिप्यानले एपिएल आयोजनाले आइसिसी यू १९ विश्व छनोटका लागि नेपाली टोलीको तयारीमा समेत असर परेको उल्लेख गरेको छ । विज्ञप्तीमा भनिएको छ ‘हाम्रो यू १९ टोलीको बन्द प्रशिक्षण सुरु भएको छ । तर एपिएल आयोजनाले यू १९ को तयारीका लागि १५ दिन मैदान उपलब्ध हुने छैन । छनोट नेपालका लागि महत्त्वपूर्ण प्रतियोगिता हो ।’
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एपिएल आयोजनाका लागि स्वीकृति दिएपनि त्यसले न त स्थानिय खेलाडी वा समग्रमा नेपाली क्रिकेट विकासका लागि कुनै फाइदा नपुग्ने सिप्यानले ठहर गरेको छ । हाल अमेरिका भ्रमणमा रहेका सिप्यानका महासचिव पारसले जारी गरेको विज्ञप्तीमार्फत आयोजकको अपारदर्शीतालाई प्रश्न गरिएको छ । उनले अगाडि भनेका छन्,‘आयोजक, सहभागी टोलीका मालिक र अन्य आर्थिक पाटोका बारेमा पनि कुनै जानकारी छैन । नेपाली क्रिकेटका स्थानिय सरोकारवालाहरुसँग सबै विषय पारदर्शी हुनुपर्दछ ।’
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]