9 years ago
June 15, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – आरिगातो एजुकेसनल कन्सल्टेन्सी तथा पाण्डा इभेन्टसको संयुक्तआयोजनामा यहि असार ६ गतेदेखि एइसी कप २०१७ हुने भएको छ। कोटेश्वरस्थित अल्टिमेट इन्डोर क्रिकेटमा हुने प्रतियोगिताको फाइनल खेल असर ९ गते हुनेछ।

१८ टोलीको सहभागिता रहने प्रतियोगिताका खेलहरु नकआउट पद्दतिमा खेलाइनेछ। १८ ओभर प्रति इनिङ्स हुने खेलमा इन्डोर क्रिकेटको नियम लागु हुनेछ। प्रत्यक टोलीमा कुल ८ खेलाडी रहनेछन् भने ६ खेलाडीले खेल्नेछन्।
आरिगातो एजुकेसनल कन्सल्टेन्सीका प्रबन्ध निर्देशक रमण शुक्लाले समग्र क्रिकेट विकासमा इन्डोर क्रिकेटले राम्रो प्रभाव पार्न सक्ने बताए। ” हामीले आफ्नो व्यवसायसँगै समाजमा पनि केहि गरौँ भनेर यो प्रतियोगिता आयोजना गरेका हौँ। इन्डोर क्रिकेट छोटो संरचनाको क्रिकेट भएकाले यसले छोटो समयमै राम्रो स्थान लिएको छ। युवाहरुलाई एकतृत पारेर खेलभावना विकास गर्न पनि यसले सहयोग पुर्याएको छ।”
पाण्डा इभेन्ट्सका निर्देशक अर्जुन पाण्डेले प्रतियोगिता आयोजनाले क्रिकेट विकासमा टेवा पुग्ने जानकारी दिए। उनले एइसीलाई यस प्रतियोगिता गर्न सहयोग गरेकोमा धन्यवाद ज्ञापन गरे।
प्रतियोगिताको विजेताले उपाधिसँगै नगद रु ५० हजारका प्राप्त गर्नेछन्। म्यान अफ द सिरिजलाई नगद रु ५ हजार प्रदान गरिनेछ।

December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]