default_image

10 years ago

November 5, 2015

विशेष अदालतद्वारा पदाधिकरिलाई सफाई

193 views

0 Bookmark

भ्रष्टाचारको मुद्दा खेपिरहेका क्यानका पदाधिकारीलाई विशेष अदालतले सफाई दिएको छ|

12207621_10156287689255360_1239191566_n

गत वर्ष जेठ २५ गते  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष लिम्बूसहित १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । क्यानका तत्कालिन अध्यक्ष टंक आङबुहाङ लिम्बूसहित १८ जनालाई विशेष अदालतले वुधवार सफाई फैसला गरेको हो ।

क्यानवाट बर्खास्त गरिएका पदाधिकारी विशेषको निर्णयपछि पुन: पदमा फर्कन सक्ने अवस्था सृजना भएको छ| अख्तियारले भ्रष्टाचारको आरोपमा अध्यक्ष सहित अन्य पदाधिकारीविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेषले सवै पदाधिकारी र अध्यक्षको संलग्नतामा कुनै पनि रकम हिनामिना नभएको देखिएको भन्दै सफाई दिने निर्णय सुनाएको हो ।

अख्तियारले क्यानका अध्यक्ष लिम्बूसहित उपाध्यक्षहरू विनोदकुमार मैनाली र सुनिलमान अमात्य, कोषाध्यक्ष राजबाबु श्रेष्ठ, सचिव ठाकुरप्रसाद पहाडी, आर्थिक समितिका संयोजक चतुरबहादुर चन्द, राष्ट्रिय खेलकुद परिषदका इन्जिनियर अरुण उपाध्याय र सदस्यहरू अशोकनाथ प्याकुरेल, पूर्ण लामा, किरणशमशेर राणा, ठाकुरप्रताप थापाको संलग्नता रहेको आरोपपत्र दायर गरेको थियो ।

यसैगरी अख्तियारले निजी कम्पनीतर्फ गौरा कन्स्ट्रक्सनका सञ्चालक सूर्य अधिकारी, खड्का कन्स्ट्रक्सनका सञ्चालक राजकुमार खड्का, आर कोमल कन्स्ट्रक्सनका रामशरण देउजा, नवनिर्माण कम्पनीका कृष्णप्रसाद पाण्डे, नेपाल कन्स्ट्रक्सन एन्ड डेभलपमेन्टका सञ्चालक पवन पाठक, डिजाइन सेल आर्किटेक्ट्सका निर्देशक उमेशमान श्रेष्ठ र सिफन इन्जिनियरिङ कन्सल्टेन्सीका इन्जिनियर छविलाल अधिकारीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको थियो ।

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

December 13, 2025

सुदूरपश्चिमविरुद्ध रोहित ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]

Success

Thank you for your time.