9 years ago
June 15, 2017
एजेन्सी – साविक विजेता भारत बंगलादेशलाई ९ विकेटले पराजित गर्दै च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ। बिहिबार भएको सेमिफाइनल खेलमा रोहित शर्माले शतकीय पारी खेलेपछि भारतले जित हात पारेको थियो।

२ सय ६५ रनको लक्ष्य पछ्याएको भारतले ४०.१ ओभरमा जित हात पारेको थियो। ओपनरद्वय शिखर धवन र रोहित शर्माले भारतलाई ८७ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए। धवन ४६ रन बनाउदै पेभेलियन फर्केपछि कप्तान कोहली ब्याटिङमा आएका थिए। कोहली र रोहितले दोश्रो विकेटको लागि अविजित १ सय ७८ रनको साझेदारी गर्दै भारतलाई ९ विकेटको जित दिलाए। रोहितले १ सय २९ बलको सामना गर्दै १५ चौका र १ छक्काको मद्दतले १ सय २३ रन बनाएका थिए। कोहलीले १३ चौका प्रहार गर्दै ७८ बलमा ९६ रन जोडे।
यसअघि पहिलो ब्याटिङ गरेको बंगलादेशले ओपनर सौम्य सरकारलाई शुन्यमा गुमाएको थियो। तेश्रो विकेटका लागि तामिम इकबाल र मुश्फिकर रहिमले १२३ रनको साझेदारी गरेपछि बंगलादेशले सम्मानजनक योगफल खडा गरेको थियो। ओपनर इकबालले ७० रन बनाउदा मुश्फिकरले ६१ रनको योगदान दिए कप्तान मसरफे मोरताजाले अन्त्यमा ३३ रनको आक्रामक पारि खेलेपछि बंगलादेशले २ सय ६४ रनको योगफल तयार पारेको थियो। भारतका लागि भुवनेश्वर कुमार, केदार जाधव र जस्प्रित बुमराहले २/२ विकेट लिए।
भारतले उपाधिको लागि पाकिस्तानको सामना गर्नेछ। फाइनल खेल आइतबार नेपाली समयानुसार दिनको ३:१५ बजे सुरु हुनेछ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]