8 years ago
June 20, 2017
काठमाडौं (हाम्रो खेलकुद) – किर्तिपुरस्थित टियू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी एसियन क्लब प्रिमियर लिग (एसीपिएल) टि-२० अन्तर्गत मंगलबारको खेलमा बंगलादेश टाइगर र श्रीलंकन लायन्सले जित हात पारेका छन्। पहिलो खेलमा बंगलादेश टाइगर्सले अफगानिस्तान बुल्सलाई ३ रनले पराजित गरेको थियो भने दोश्रो खेलमा श्रीलंकन लायन्सले इन्डियन स्टार्समाथि ५४ रनको जित दर्ता गर्यो ।
बर्षाको कारण १८ ओभरमा छोट्याइएको खेलमा बंगलादेश टाइगर्सले अफगानिस्तान बुल्सलाई १ सय २ रनको लक्ष्य दिएको थियो। अफगानिस्तान बुल्सले निधारित १८ ओभरमा ७ विकेट गुमाएर ९८ रन मात्र जोड्न सकेको थियो । टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको टाइगर्सले १८ ओभरमा ८ विकेटको गुमाउँदै १ सय १ रन बनाएको थियो । टाइगर्सका लागि अहमदले सर्वाधिक २७ रन जोडेका थिए। बुल्सका लागि हसनले ३ विकेट लिए ।
दास्रो खेलमा भने पहिलो ब्याटिङ गरेको श्रीलंकन लायन्सले १ सय ५५ रनको लक्ष्य प्रस्तुत गरेको थियो। तर इन्डियन स्टार्स १५ ओभरमा अलआउट हुदैँ १ सय १ रनमा अलआउट भएपछि खेल लायन्सले जितेको थियो।
६ टोली सहभागी प्रतियोगिताको बिजेताले २५ लाख भारु पाउनेछन् भने उपबिजेताले १० लाख र तेस्रो हुने टोलीले ५ लाख भारु पाउनेछन् । यस्तै हरेक खेलको म्यान अफ दि म्याचलाई १० हजार भारु दिइने छ । म्यान अफ दि सिरिजलाई कार पुरस्कार राखिएको छ ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]