8 years ago
June 26, 2017
काठमाडौं (हाम्रो खेलकुद) – अष्ट्रेलियामा रहेका नेपाली समुदायका उत्कृष्ट भलिबल खेलाडीलाई सम्मानमा सिड्नीमा पोखरा भलिबल अवार्ड सम्पन्न भएको छ । भलिबल विकासमा योगदान पुर्याउनेलाई पनि सोही अवसरमा सम्पन्न गरिएको थियो ।

पोखरा भलिबल अवार्डबाट सम्मानित खेलाडी । तस्बिर सौजन्य – अमित श्रेष्ठ
पोखरा भलिबल क्लबको संयोजनमा रक्डेल स्थित रेड क्याप्सिकम फंक्सन सेन्टरमा आयोजित अवार्डमा आठ खेलाडीलाई सम्मानित गरिएको थियो । ढोरपाटनका खेम पुर्जा उत्कृष्ट खेलाडीको अवार्ड प्राप्त गरे । गल्कोट समाज अष्ट्रेलियाका दिपक अधिकारी उत्कृष्ट सर्भर, गल्कोट समाजकै लोकेन्द्र छन्त्याल उत्कृष्ट लिफ्टर, जलजला परिवारका खेम के. सी उत्कृष्ट क्विकर , म्याग्दी ओभरसिज नेप्लिज एसोसिएसन (मोना)का सुमन बानियाँ उत्कृष्ट स्पाइकर अवार्डबाट प्राप्त गरे ।
त्यस्तै नयाँ युनाइटेडका द्वारिका दवाडी उत्कृष्ट ब्लकर, गल्कोट समाज अष्ट्रेलियाका नवीन अधिकारी रुकी अफ द ईयर र जलजला परिवारका इन्द्र भण्डारी फरेभर योङ्ग प्लेयर अवार्डबाटठ सम्मानित भएको अस्ट्रेलियाबाट भलिबल खेलाडी सञ्जु पुर्जा मगरले जानकारी दिइन् ।
सिड्नीमा रहेका नेपाली समुदायबीच भलिबल लोकप्रिय खेलमध्ये एक हो । सन् २००२ देखि नै नेपालीबीच प्रतिस्पर्धा हुँदै आएपछि अवार्ड भने पहिलो पटक आयोजना गरिएको थियो ।
सोही अवसरमा भलिबल खेलको विकास र प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै बागलुङ अष्ट्रेलियन कम्युनिटीका संस्थापक एवं हिमालयन रेडियोका प्रमुख कार्यक्रम निर्माता टिका कार्की, भलिबल खेलाडी तथा रेफ्री राज कुमार अधिकारी र भलिबल खेलाडी धिरज मल्ललाई सम्मान गरिएको थियो ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]