8 years ago
June 30, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य महबुब आलमले सिंगापुरको सिंगापुर एमर्जीङ स्टार्स क्रिकेट क्लबबाट एससीसी अन्तर्राष्ट्रिय टि२० क्रिकेट प्रतियोगिता खेल्ने भएका छन्।

सिंगापुर क्रिकेट क्लबले आयोजना गर्ने प्रतियोगिता अगष्ट ११ देखि १३सम्म सिंगापुरमा हुँदैछ। महबुब क्लबमा अनुबन्धित हुने पहिलो विदेशी खेलाडी रहेको क्लबले जनाएको छ। प्रतियोगितामा अष्ट्रेलिया, भारत, श्रीलंका, हङ्गकङ्ग, दक्षिण अफ्रीका र सिंगापुरका टोलीहरुको सहभागिता रहनेछ।
३३ वर्षीय महबुबले भर्खरै सम्पन्न प्रधानमन्त्री कपमा हातको चोटका कारण राम्रो प्रदर्शन गर्न सकेका थिएनन्। उनले प्रतियोगिताको पहिलो खेलमा चोट बोकेका थिए। सन् २०००मा जापानविरुद्धको खेलमा डेब्यु गरेका मेहबुबले नेपालको लागि खेल्दै विश्व कीर्तिमान पनि बनाएका छन्। उनले सन् २००८मा मोजाम्बिकविरुद्धको डिभिजन ५को खेलमा विपक्षी टोलीको सबै १० विकेट लिएका थिए।
२ वर्षको अन्तराल पछि केहि महिनाअघि भएको केन्याविरुद्धको खेलबाट राष्ट्रिय टोलीमा फर्किएका आलम मध्यक्रममा विष्फोटक ब्याटिङ गर्छन। बायाँ हाते पेस बलर उनले धनगढी प्रिमियर लिगमा सिवाइसी अत्तरियाबाट खेलेका थिए।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]