default_image

8 years ago

July 6, 2017

कोरिया ओपन तेक्वान्दोमा नेपाललाई स्वर्णसहित दुई पदक

207 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले छुनछुन कोरिया ओपन तेक्वान्दो च्याम्पियनसिपको जुनियरतर्फ दुईवटा पदक जितेको छ । नेपाली टोलीका व्यवस्थापतक दीपक विष्टका अनुसार सन्ध्या कुमारी सिंहले स्वर्ण र निरिता याकथुम्बाले कास्य पदक जितेकी हुन् ।

स्वर्ण पदक विजेता सन्ध्या कुमारी सिंह (बायाँ) र निरिता याकथुम्बा ।

सन्ध्याले कल बेल्ट ५७ केजी मुनिको तौल समूहमा पहिलो स्थान प्राप्त गरेकी हुन् । पहिलो खेलमा कीर्गिस्तानकी खेलाडीलाई २६–१२ ले हराइकी सन्ध्याले फाइनलमा रसियाकी खेलाडीमाथि ३०–८ को फराकिलो जित हासिल गर्दै स्वर्ण पदक प्राप्त गरेकी हुन् ।

कलर बेल्ट ६२ केजी मुनिको तौल समूहमा निरिताले पदक जितेकी हुन् । पहिलो खेलमा बाई पाएकी निरिता सेमिफाइनलमा कीर्गिस्तानकी खेलाडीसँग १२–१० ले पराजित भएकी थिइन् ।

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

December 13, 2025

सुदूरपश्चिमविरुद्ध रोहित ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]

Success

Thank you for your time.