default_image

8 years ago

July 10, 2017

पहिलो टेष्टमा इङ्ल्याण्ड विजयी

133 views

0 Bookmark

एजेन्सी – दक्षिण अफ्रिकाविरुद्दको पहिलो टेष्ट सकिन एक दिन बाँकी छदै इङ्गल्याण्डले २ सय ११ रनको शानदार जित दर्ता गरेको छ । १ विकेटको क्षतिमा १ सय १९ रन बनाएको अवस्थामा चौथो दिनको खेल सुरु गरेको इङगल्याण्डले दोश्रो इनिङ्समा सबै विकेट गुमाएर २ सय ३३ रन बनाएको थियो ।

पहिलो इनिङ्समा ४ सय ५८ रन बनाएको इङगल्याण्डले दोश्रो इनिङ्समा २ सय ३३ रन बनाएपछि दक्षिण अफ्रिकाले ३ सय ३० रनको विजय लक्ष्य पाएको थियो । ३ सय ३० रनको विजय लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गरेको दक्षिण अफ्रिका सम्हालिन नसक्दा फराकिलो अन्तरमा हार चाख्न बाध्य भयो । दक्षिण अफ्रिकाको पारी ध्वस्त बनाउनेक्रममा बायाँ हाते स्पिनर मोइन अली नायक बने । १५ ओभर बलिङ गरेका उनले ५९ रन खर्चिदै ६ विकेट हात पारे । अलीलाई साथ दिएका अर्का स्पिनर लियम डोसनले ३४ रन खर्चिएर २ विकेट लिए ।

ब्याटिङतर्फ इङगल्याण्डका लागि पुर्वकप्तान एलेस्टर कुक र जोनी बेरस्टोले अर्धशतकीय पारी खेले । दक्षिण अफ्रिकी ब्यमट्सम्यानहरुको प्रदर्शनभने सम्झनलायक हुन सकेन । केहीले मात्रै दोहोरो आकाडामा रन बनाए पनि क्रिजमा लामो समय बिताउन सकेनन् । केहीले भने दोहोरो आँकडामा रन नै बनाउन सकेनन् । जम्माजम्मी १० विकेट लिएका मोइन अली प्लेयर अफ द म्याच घोषित भए ।

इङगल्याण्ड भ्रमणमा रहेको दक्षिण अफ्रिकी टोलीले ४ टेष्ट श्रृंखला खेल्नेछ । यी दुई टोलीबिचको दोश्रो टेष्ट १४ जुलाईमा नाटिङघममा हुनेछ ।

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

December 13, 2025

सुदूरपश्चिमविरुद्ध रोहित ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]

Success

Thank you for your time.