8 years ago
July 13, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – सिंगापुरमा हुने आइसीसी यू-१९ विश्वकप २०१८को छनोटका लागि नेपाल यू१९ राष्ट्रिय क्रिकेट टोलीको अन्तिम नामावली सार्वजनिक भएको छ। सन्दिप लामिछानेको कप्तानीमा रहेको टोलीमा १४ खेलाडी रहेका छन् भने ४ खेलाडीलाई वैकल्पिकका रुपमा समावेश गरिएको छ।
४ टोलीको सहभगिता रहने प्रतियोगिता १६ देखि २५ जुलाईसम्म सिंगापुरमा खेलिनेछ। नेपालसँगै अफगानीस्तान, मलेसिया र आयोजक सिंगापुरले विश्वकपको १ स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्। डबल राउण्ड रोबिनमा खेलिने प्रतियोगिताको शीर्षस्थानमा रहने टोलीले आगामी २०१८ जनवरीमा हुने विश्वकप खेल्नेछ।
पहिलो चरणमा ४० सदस्यीय प्रारम्भिक टोलीको छनोट गतवर्ष सम्पन्न ट्यालेन्ट हन्ट, सुपर लिग खेलका साथसाथै नेपालमा आयोजित राष्ट्रिय खेलकुद र अन्य प्रतियोगिताको आधारमा गरिएको थियो भने त्यसपछि भएको सुपर लिग खेलका आधारमा १८ खेलाडी छानिएका थिए। भारतमा भएको केहि साताको प्रशिक्षण एवं अभ्यास खेलमा आधारित रहेर छनोट समितिले अन्तिम टोलीको नाम छनोट गरेको थियो।
छनोट कमिटीमा आइसीसी एसियाका चिफ डेभेलप्मेन्ट अफिसर भेन्कटपति राजु, राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटा र यू-१९ टोलीका मुख्य प्रशिक्षक बिनोद कुमार दास रहेका छन्।
छनोटमा परेका अन्तिम १४ खेलाडी:
१. सन्दिप लामिछाने
२. अनिल कुमार साह
३. किशोर महतो
४. दिपेन्द्र सिंह ऐरी
५. आदील खान
६. प्रकाश केसी
७. पवन शर्राफ
८. रोहित कुमार पौडेल
९. रिजन ढकाल
१०. प्रनित थापा मगर
११. साहब आलम
१२. ललित नारायण राजबंशी
१३. आशिफ शेख
१४. सन्दिप सुनार
वैकल्पिक खेलाडीहरु:
१. सन्दिप जोरा
२. विक्रम कुमार भुसाल
३. रसिद खान
४. सुशान्त सिंह थापा
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]