10 years ago
November 16, 2015
कात्तिक ३०, हाम्रो खेलकुद
आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा दोस्रो चरणमा आफ्नो पहिलो खेल नेपालले आज पपुवा न्युगिनीसँग खेल्ने छ । च्याम्पियनसिपको पहिलो चरणका खेलमा दुवै राष्ट्र दुई खेलमै पराजित भएकाले नेपाल र पीएनजी यूएईको अबुधाबीमा जितका लागि आतुर हुनेछन्।
युएईको अबुधाबीमा रहेको शेख जायद स्टेडियममा हुने खेल नेपाली समय अनुसार बिहान सवा ११ बजेदेखि सुरु हुँदैछ ।
आजको प्रतियोगितामा नेपालसहित स्कटल्यान्ड, युएई, हङकङ, नामिबिया, पपुवा न्युगिनी, केन्या र नेदरल्यान्ड्स गरी आठ टोलीले प्रतिस्पर्धा गर्दैछन् ।
प्रतियोगिता अन्तर्गत नेपालले दोस्रो खेल पनि पपुवा न्युगिनीसँग नै बुधबार खेल्नेछ । आजको खेलमा नेपालले पपुवा न्युगिनीलाई जित्नैपर्ने दवाब छ ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]