default_image

8 years ago

July 18, 2017

नेपालले मलेसियालाई ५ विकेटले हरायो

152 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप छनोट अन्तर्गत भइरहेको दोश्रो खेलमा नेपालले मलेसियालाई ५ विकेटले पराजित गरेको छ। मलेसियाले दिएको ५९ रनको लक्ष्य नेपालले ५ विकेट गुमाउँदै  ९.५ ओभरमा पुरा गर्यो

फाइल तस्बिर

नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक २३ रनको योगदान दिए भने प्रनित थापा मगर १८ रनमा अविजित रहे। आसिफले २० बल खेल्दै ५ चौका प्रहार गरेका थिए। पछिल्ला खेलहरुमा राम्रो प्रदर्शन गर्न नसकेका आसिफ मोहमद अमिर शुकोरको बलमा मिड विकेटमा क्याच आउट भएका थिए। प्रनितले १२ बलको सामना गर्दै १ चौका र १ छक्का प्रहार गरेका थिए।

नेपालले ओपनर सन्दिप सुनारलाई दोश्रो ओभरमा व्यक्तिगत ६ रनको स्कोरमा गुमाएको थियो। तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका आदील खानले पनि ५ रनमात्र जोड्न सके। सन्दिप लामो सट खेल्ने धुनमा लङ अन मा समातिएका थिए भने आदील सर्ट मिड विकेटमा क्याच आउट भए। मध्यक्रमका दिपेन्द्र सिंह ऐरी ४ रन जोड्दै बोल्ड आउट भए।

मध्यक्रमका ब्याट्सम्यान अनिल शाह शुन्य रनको स्थितिमा मिडअनमा क्याच आउट भएका थिए त्यसपछि क्रिजमा आएका रोहित कुमार पौडेलले चौका प्रहार गर्दै नेपालको योगफल ६१ रन पुर्याएर जित पक्का गरेका थिए। मलेसियाका लागि हफिजुद्दीन घफारले ३ विकेट हात पार्दा शुकोर र हैकल खेरले १ विकेट लिएका थिए

यसअघी खेलमा टस हारेपछि पहिलो ब्याटिङको निम्तो पाएको मलेसियाले २५.५ ओभरमा अलआउट हुनुपूर्व ५८ रन मात्र जोड्न सक्यो। ओपनर शुकोरलाई पहिलो ओभरमै शुन्यमा गुमाएको मलेसियाले दोश्रो विकेट भने १२औं ओभरमा गुमाएको थियो। सन्दिप लामिछाने र पवन शर्राफको स्पेल सुरु भएदेखि मलेसियाले लगातार विकेट गुमाएको थियो।

सन्दीपले आफ्नो पहिलो ओभरमा ओपनर सफिउल्लाह मलिकलाई ८ रनको स्थितिमा आउट गरेका थिए। पवनले भने आफ्नो पहिलो ओभरमै २ विकेट हात परेका थिए। नेपालका कप्तान सन्दिपले ४१ बल खेलेर ९ रन बनाएका मलेसियाका कप्तान विरानदिप सिंहको विकेट लिएपछि मलेसिया थप संकटमा परेको थियो। सर्ट लेगमा अनिल शाहद्वारा क्याच आउट भएका विरानदिप पेभेलियन फर्किंदा मलेसिया २६/५को दयनीय स्थितिमा पुगेको थियो।

मलेसियाका लागि ११औं नम्बरमा ब्याटिङ गर्न आएका खेरले सर्वाधिक ९ रन जोडेका थिए मलेसियाका कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकको स्कोर बनाउन नसक्दा ३ ब्याट्सम्यानले आफ्नो रनको खाता खोल्न सकेका थिएनन्। नेपालका लागि कप्तान सन्दिप लामिछानेले ८.५ ओभरमा १७ रन खर्चेर ५ विकेट लिएका थिए भने पवन शर्राफले ३ ओभरमा ९ रन दिंदै ३ विकेट हात पारे। सन्दिप सुनार र किशोर महतोले १/१ विकेट बाँडेका थिए।

नेपालले विश्वकप छनोट अन्तर्गतको अर्को खेल अफगानीस्तानसँग बिहिबार खेल्नेछ

 

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

December 13, 2025

सुदूरपश्चिमविरुद्ध रोहित ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]

Success

Thank you for your time.