8 years ago
July 19, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप छनोट (एसिया क्षेत्र) अन्तर्गत बिहिबार हुने खेलमा नेपाल र अफगानिस्तान भिड्दैछन्। दुवै टोलीले आफ्नो पहिलो दुई खेलमा जित आत्मसात गर्दै अंक तालिकामा समान ४/४ अंक जोडेका छन्। तर अफगानिस्तानको +५.०३५ नेट रन रेटको तुलनामा नेपालको +३.७३९ कम भएकाले अफगानिस्तान शीर्षस्थानमा रहेको छ।
नेपालले आफ्नो पहिलो खेलमा आयोजक टोली सिंगापुरलाई ७३ रनमा अलआउट गर्दै ४ विकेटले खेल जितेको थियो भने दोश्रो खेलमा मलेसियाबाट पाएको ५९ रनको लक्ष्य ५ विकेट गुमाउँदै पुरा गरेको थियो। यता अफगानिस्तानले पहिलो खेलमा मलेसियालाई ८ विकेटले पराजित गरेको थियो भने दोश्रो खेलमा सिंगापुरलाई ७ विकेटले हरायो।
नेपाल र अफगानिस्तान दुवै टोलीका बलरहरु प्रतियोगितामा हावी भएका छन्। नेपालका कप्तान सन्दिप लामिछानेले सुरुवाती २ खेलमा लगातार ५ विकेट लिएर दुवै खेलमा म्यान अफ द म्याचको उपाधि प्राप्त गरे। यता अफगानिस्तानका बलर युसुफ जजाईले पनि २ खेलमा ९ विकेट लिएका छन्। उनले मलेसियाविरुद्धको पहिलो खेलमा ह्याट्रिक पनि लिएका थिए। उनले पनि दुवै खेलमा म्यान अफ द म्याचको उपाधि प्राप्त गरेका थिए।
खेल नेपाली समयानुसार बिहान ७:१५ बजे सुरु हुनेछ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]