8 years ago
July 20, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप छनोट (एसिया क्षेत्र) अन्तर्गत भएको तेश्रो खेलमा नेपालले अफगानिस्तानसँग १ सय ४१ रनको हार व्येहोरेको छ। १ सय ९१ रनको लक्ष्य पछ्याएको नेपालले २६ ओभरमा अलआउट हुँदै ४९ रनमात्र बनाउन सक्यो।
खेलको छैटौं ओभरमा ओपनर आसिफ शेखलाई ६ रनमा गुमाएको नेपालले त्यसपछि लगातार विकेट गुमायो। दोश्रो विकेटका रुपमा सन्दिप सुनार २ रनमा पेभेलियन फर्केपछि नेपाल थप संकटमा पारेको थियो। दुवै ओपनरलाई मुजिब रहमानले आउट पारेका थिए। मध्यक्रममा ब्याटिङ गर्न आएका दिपेन्द्र सिंह ऐरी ४ रनमा नविन उल हकको बलमा क्याचआउट भएका थिए।
त्यसपछि प्रनित थापा मगर र अनिल शाह लगातार २ बलमा आउट भएपछि नबिनको ह्याट्रिक पुरा भएको थियो। प्रनित बोल्ड भएका थिए भने अनिल एलबीडब्लु धरापमा परेका थिए। नेपालका लागि आठौं नम्बरमा ब्याटिङ गर्न आएका पवन शर्राफले सर्वाधिक २६ रन जोडेका थिए। अफगानिस्तानका कप्तान नबिन उल हक र मुजिब रहमानले समान ४/ ४ विकेट लिए। युसुफ जजाई र जाहिर खानले पनि १/१ विकेट बाँडे।
खेलमा टस जितेर नेपालले प्रतियोगितामा लगातार तेश्रो पटक फिल्डिङ रोजेको थियो। तर अफगानिस्तानका ओपनरहरुले सम्हालिएर खेल्दै राम्रो सुरुवात दिलाए। इब्राहिम जद्रान ४३ रनको व्यक्तिगत स्कोरमा कट बिहाइन्ड भएपछि नेपालले पहिलो सफलता पाएको थियो। साहब आलमको बलमा आउट हुनुअघि उनले नविद ओबेदसँग मिलेर पहिलो विकेटका लागि ७५ रनको साझेदारी गरेका थिए। ओपनर नविद ३३ रन जोड्दै पवन शर्राफको बलिङमा उनैबाट क्याच आउट भए।
त्यसपछि नियमित विकेट गुमाएको अफगानिस्तानका लागि मध्यक्रममा तारिक स्तानिकजाइले २७ रन, इमरान मोहमदीले १८ रन र दार्विस रसुलीले १४ रन जोडे। अफगानिस्तानका नविद उल हकले अन्तिममा २० रन जोड्दै अफगानिस्तानको योगफल अझ बढाएका थिए। नेपालको लागि साहबआलमले ३ विकेट लिए भने कप्तान सन्दिप लामिछाने र पवन शर्राफको नाममा २/२ विकेट रह्यो। किशोर महतो र दिपेन्द्र सिंह ऐरीले पनि १/१ विकेट बाँडे।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]