8 years ago
July 21, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकपको छनोट चरण (एसिया क्षेत्र) अन्तर्गत नेपालले चौथो खेलमा आयोजक सिंगापुरको सामना गर्दैछ। टस जितेर ब्याटिङ रोजेको नेपालको लागि मध्यक्रमका ब्याट्सम्यान दिपेन्द्र सिंह ऐरीले नेपालको तर्फबाट प्रतियोगिताको पहिलो अर्धशतक प्रहार गरेका छन्। नेपाल अहिले ३७ ओभरमा ६ विकेट गुमाउँदै १ सय ३८ रन बनाएर खेलिरहेको छ।
दिपेन्द्रले ७७ बल खेल्दै अर्धशतक पुरा गरेका हुन्। उनले यस क्रममा २ चौका र २ छक्का प्रहर गरेका छन्। अहिले क्रिजमा दिपेन्द्रसँगै विकेटकिपर प्रकाश केसी ब्याटिङ गर्दै छन्। दिपेन्द्र ५० रनमा अविजित छन् भने प्रकाश ९ रन बनाएर खेलिरहेका छन्। नेपालका लागि ब्याटिङ क्रममा यसपछि बलरहरु सन्दिप लामिछाने, ललित राजवंशी र किशोर महतो रहेका छन्।
विगतको खेलको तुलनामा ब्याटिङ क्रम परिवर्तन गरेको नेपालका लागि सन्दिप सुनार र अनिल शाह पारीको सुरुवात गर्न आएका थिए। पारीको तेश्रो ओभरमै नयाँ ओपनर अनिल शाह ७ रनको व्यक्तिगत स्कोर बनाउँदै आर्यमान सुनिलको बलमा फाइन लेगको दिशामा क्याच आउट भए। तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका प्रनित थापा पनि ८ रन जोड्दै कट बिहाइन्ड भए।
पछिल्ला खेलमा ओपनरको भूमिका निर्वाह गरेका आसिफ शेख ३ रनमा बोल्ड भए। टोलीको योगफल ३९ रन छंदा उनि आहान गोपीनाथले फ्याँकेको १२औं ओभरमा बोल्ड भएका थिए। २०औं ओभरमा सन्दिप सुनार पनि आहानकै बलमा कट बिहाइन्ड भए। उनले ५५ बलको सामना गर्दै २ चौका र १ छक्काको मद्दतले २६ रन जोडेका थिए। रोहित कुमार पौडेल १५ रन जोड्दै कभरको दिशामा क्याच आउट भएका थिए भने पवन शर्राफ पनि २ रनमा पेभेलियन फर्किए।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]