8 years ago
July 24, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप छनोट अन्तर्गत भइरहेको नेपालको पाँचौ खेलमा मलेसियाले नेपाललाई ९० रनको लक्ष्य दिएको छ। खेलमा टस जितेर फिल्डिङ रोजेको नेपालका स्पिनर चम्किएपछि मलेसिया ८९ रन जोड्दै ३५.१ ओभरमै अलआउट भएको थियो।
खेलको दोश्रो ओभरमै ओपनर सफिउल्ला मलिकलाई शुन्यमा गुमाएको मलेसियाको लागि दोश्रो विकेटका लागि कप्तान विरानदिप सिंह र साएद अजिज मुबारकले ५८ रनको साझेदारी गरे। नेपालका कप्तान सन्दिप लामिछानेले आफ्नो पहिलो ओभरमै ४६ रनमा खेलिरहेका मुबारकलाई कट बिहाईन्ड गराएका थिए। ६६ बल खेलेका मुबारकले ७ चौका र १ छक्का प्रहार गरे। सन्दिपले आफ्नो दोश्रो ओभरमा कप्तान विरानदिपको पनि विकेट लिंदै मलेसियालाई थप संकटमा पारेका थिए।
त्यसपछि नियमित विकेट गुमाएको मलेसियाको लागि कसैले उल्लेख्य रन जोड्न सकेनन्। मलेसियाका ४ ब्याट्सम्यान खाता नखोली पेभेलियन फर्केका थिए। नेपालका लागि कप्तान सन्दिप लामिछानेले ७ विकेट लिएका थिए भने साहब आलमले २ विकेट लिए। प्रतियोगितामा पहिलो खेल खेलिरहेका रिजन ढकालले पनि १ विकेट लिन सफल रहे।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]