default_image

8 years ago

July 25, 2017

अफगानिस्तानले नेपाललाई १ सय ९६ रनको लक्ष्य दियो

115 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकपको एसिया छनोट अन्तर्गत आज भइरहेको अन्तिम खेलमा नेपालले १ सय ९६ रनको लक्ष्य पाएको छ। टस जितेर पहिलो ब्याटिङ रोजेको अफगानिस्तानले ४६.५ ओभरमा अलआउट हुँदै १ सय ९५ रन बनायो।

फाइल तस्बिर

अफगानिस्तानका लागि ओपनर इब्राहिम जद्रानले शतकीय पारि खेलेका थिए। १ सय १४ बलको सामना गरेका जद्रानले ७ चौका र ५ छक्काको मद्दतले १ सय १ रन बनाए। जद्रान ४१औं ओभरमा दिपेन्द्र सिंह ऐरीको बलमा छैटौं विकेटको रुपमा पेभेलियन फर्केका थिए। जद्रानले पाँचौ विकेटका लागि २४ रन जोडेका विकेटकिपर ब्याट्सम्यान इक्रम अल खलिलसँग मिलेर ७४ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए। अफगानिस्तानका लागि ओपनर नबिद ओबेदले २२ रन जोडेका थिए। अन्य कुनै ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेनन।

नेपालका लागि साहब आलमले ४ विकेट लिएका थिए भने दिपेन्द्र सिंह ऐरीले ३ विकेट हात पारे। सन्दिप लामिछाने र पवन शर्राफको नाममा पनि १/१ विकेट रह्यो।

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

December 13, 2025

सुदूरपश्चिमविरुद्ध रोहित ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]

Success

Thank you for your time.