8 years ago
July 25, 2017
काठमाडौँ (हाम्रो खेलकुद)– अफगानिस्तानसँग पराजित भएसँगै नेपाल आइसिसी यू १९ विश्व कपमा छनोट हुन असफल भएको छ । झिनो सम्भावनाका साथ मंगलबारको खेलमा उत्रेको नेपाली टोली अफगानिस्तानसँग ९६ रनले पराजित भएको हो ।
विश्व कप एसिया छनोटमा नेपाल अफगानिस्तानसँगको दुवै खेलमा पराजित भयो । छनोटका सबै खेल जितेको अफगानिस्तानले अर्को बर्ष आयोजना हुने विश्व कपमा एसियाको प्रतिनिधित्व गर्नेछ । छनोटमा सहभागी अन्य दुई राष्ट्र सिंगापुर र मलेसियालाई भने नेपालले दुवै खेलमा पराजित गरेको थियो ।
छनोट भरका कुनै पनि खेलमा नेपालको ब्याटिङ सन्तोषजनक रहन सकेन । बलिङमा उच्च प्रदर्शन नेपालका लागि एक खेलाडीले मात्र अर्धशतक पुरा गरेका थिए । मंगलबारको खेलमा १ सय ९६ रनको लक्ष्य पछ्याएको नेपाल ९९ रनमा अलआउट भएको थियो ।
नेपालकालागि दिपेन्द्र सिंह ऐरीले ४८ रन बनाएपनि अन्य ब्याट्सम्यानले गतिलो पारी खेल्न सकेनन । १० रनमा ओपनर सन्दिप सुनारलाई गुमाएको नेपालले ३४ रनमा महत्वपूर्ण ५ विकेट गुमाई सकेको थियो । दिपेन्द्र र पवन शर्राफले छैटौं विकेटका लागि साझेदारी बनेपनि त्यो धेरै टिक्न सकेन । ८५ रनमा पवन र दिपेन्द्रलाई गुमाएपछि नेपाल औपचारिकतामा मात्र सिमित भएको थियो । सन्दिप ६ रन , आसिफ शेख २ , अनिल शाह ६ रोहित पौडेलले ३, कप्तान सन्दिप लामिछाने २ रन बनाएका थिए ।
यसअघि अफगानिस्तानले १ सय ९५ रन बनाएको थियो । इब्राहिम जद्रानले शतकीय पारि खेलेका थिए । १ सय १४ बलको सामना गरेका जद्रानले ७ चौका र ५ छक्काको मद्दतले १ सय १ रन बनाए । जद्रान ४१ औं ओभरमा दिपेन्द्र सिंह ऐरीको बलमा छैटौं विकेटको रुपमा पेभेलियन फर्केका थिए । जद्रानले पाँचौ विकेटका लागि २४ रन जोडेका विकेटकिपर ब्याट्सम्यान इक्रम अल खलिलसँग मिलेर ७४ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए । अफगानिस्तानका लागि ओपनर नबिद ओबेदले २२ रन जोडेका थिए। अन्य कुनै ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेनन ।
नेपालका लागि साहब आलमले ४ र दिपेन्द्र सिंह ऐरीले ३ विकेट लिएका थिए । सन्दिप लामिछाने र पवन शर्राफले समान १ विकेट लिए ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]