10 years ago
November 20, 2015
भूकम्प पीडितको सहयोगार्थ अमेरिकाको अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्डो च्याम्पियनसिप (आईओएफटीसी) ले स्थापना गरेको नेप्लिज रिबिल्डले माइती नेपाल तेक्वान्दो डोजाङका खेलाडीलाई करिब २ लाख मूल्य बराबरको १ सय थान म्याट उपलब्ध गराउने भएको छ ।
युएस वल्र्ड क्लासका ब्ल्याकवेल्ट तेक्वान्दो खेलाडी ९ वर्षिय ज्याकोबले रिब्लिडलाई उपलब्ध गराएको ३ हजार अमेरिकी डलरबाट म्याट खरिद गरी माइती नेपाललाई प्रदान गर्न लागिएको आईओएफटीसीका प्रतियोगिता निर्देशक दिवाकर महर्जनले जनाएका छन् । महर्जनका अनुसार ज्याकोब स्वयंले सहयोग जुटाएर रिबिल्डलाई रकम हस्तान्तरण गरेका थिए ।
‘ज्याकोबले आफूले उपलब्ध गराएको सहयोग तेक्वान्दो खेलाडीका लागि प्रयोग होस् भन्ने चाहना व्यक्त गरेका थिए ।’– महर्जनले भने ‘उनकै चाहना अनुसार हामीले मानव बेचविखन विरुद्धको अभियानमा सक्रिए माइती नेपालका तेक्वान्दो खेलाडीलाई म्याट दिन लागेका हौं । बााकी रकम बराबरको सहयोग रक्षा तेक्वान्दो डोजाङका खेलाडीलाई दिने सोचमा छौं । उनले नाकामा म्याट रोकिएको र नाका खुल्ना साथ म्याट उपलब्ध गराउने जानकारी दिए ।
महर्जनसहित आईओएफटीसीकी महासचिव करेन ब्ल्यकलेजले माइती नेपाल र रक्षा तेक्वान्दो डोजाङको समेत अवलोकन गरेका थिए ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]