10 years ago
February 4, 2016
पर्वत २१ माघ । नवजागृत उच्च माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको अवसर पारेर आयोजना भएको प्रथम ‘नव जागृत कप २०७२’ को उद्घाटन खेलमा पर्वत विजयी भएको छ ।

बिहिबार भएको उद्घाटन खेलमा पर्वतले हिमाली जिल्ला मुस्ताङलाई २५–१७, २५–१७ र २५–२१ सोझो सेटमा पराजित गर्दै विजयी सुरुआत गरेको हो । प्रतियोगिताको उद्घाटन पर्वत जिल्ला क्षेत्र नम्वर १ का सांसद अर्जन प्रसाद जोशीले गरेका थिए ।
प्रतियोगितामा विभिन्न १० जिल्लाले सभागिता जनाएको छ । ‘हिमाल, पहाड र तराईका १० जिल्लालाई समेट्ने गरी टिमको उल्लासमय सहभागिताले प्रतियोगिता आयोजनाका लागि थप उर्जा थपिएको छ ।’ प्रतियोगिता आयोजनाका संयोजक श्रेष्ठले भने, ‘देशको विग्रदो परिस्थितिका बावजुत पनि १० टिमको उल्लासमय सहभागिताले खेलकै माध्यमबाट सबैलाई एकतामा बाद्न सफल भएको छ ।’ उनले प्रतियोगिता आयोजना गर्नुमाथि प्रकाश पार्दै भने, डिमुवा महोत्सवमा महिला पुरुष दुवैको गराएर नै पुन सफल आयोजना गर्न सकिन्छ कि भनेर प्रतियोगिताको आयोजना गरेका हौं । प्रतियोगितालाई आगमी फागुनमा त्रिभुवन आर्मी क्लबले आयोजना गर्ने प्रतियोगिताको पश्चिमाञ्चल स्तरीय छनोटको रुपमा पनि लिएको छ ।
उनले काठमाडौं उपत्यका बाहिर आउटडोरमा उत्कृष्ट व्यवस्थापनका साथ प्रतियोगिता आयोजना भएको पनि जानकारी गराए ।
यसवर्ष नवजागृत स्कुललाई प्रतियोगिता आयोजनाको सौभाग्य मिलेको बताउदै प्रतियोगितापछि स्कुलले वार्षिक रुपमा सकेसम्म राष्ट्रिय स्तरीय गर्ने तर, नसके क्षेत्र वा गाविस स्तरीय रुपमा गरेर प्रतियोगितालाई निरन्तरता दिने प्रतिबद्दता व्यक्त गरेको व्यवस्थापक श्रेष्ठले जानकारी गराए । उनले आफ्नो एकल प्रयासमै प्रतियोगिताका लागि करिव ७ लाख रुपैया सामाजिक सञ्जाल फेसबुक अभियानबाट संकलन गरेको पनि जानकारी गराए ।
माघ २५ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजारसहित ट्रफी र मेडल प्राप्त गर्नेछ । यस्तै दोस्रो हुने टोलीले १ लाख तथा तेस्रो हुने टिमले ५० हजार रुपैया प्राप्त गर्नेछ । तेस्रो पुरस्कार प्रतियोगिताको व्यवस्थापक तथा पुर्व राष्ट्रिय खेलाडी अरुण श्रेष्ठका तीन भाईले गरेका हुन् । यस्तै विधागत उत्कृष्ट हुनेले पनि जनही तीन–तीन हजार रुपैया प्राप्त गर्नेछन् ।
लिगकम नकआउटका आधारमा हुने प्रतियोगितामा शुक्रबार ६ खेल हुदैछ । पहिलो खेलमा स्याङ्जा र तनहु, दोस्रो खेलमा कास्की र मुस्ताङ, तेस्रो खेलमा स्याङ्जा र बाग्लुङ, चौथो खेलमा नवलपरासी र म्याग्दी, पाँचौ खेलमा अन्र्तगत गुल्मी र रुपन्देही तथा अन्तिम खेलमा कास्की र पर्वत आमनेसामने हुदैछ ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]