default_image

10 years ago

February 7, 2016

तेस्रो दिन नेपाललाई छ पदक

173 views

0 Bookmark

गुवाहटी, माघ २४ । १२औं दक्षिण एसियाली साग खेलकुद प्रतियोगिता अन्तर्गत तेस्रो दिनसम्म नेपालले तीन रजत पाँच कास्य गरी कुल नौ पदक जितेको छ ।  भारतको गुवाहाटी र सिलोङमा जारी १२ औं साग खेलमा नेपालले आइतबार उसुमा दुई रजत भारत्तोलन, स्विमिङ, पुरुष टेवल टेनिस र कुस्तीमा समान एक–एक कास्यगरि कुल ६ पदक जितेसँगै पदक संख्या नौ पु¥याएको हो ।

saag logo
शनिबार नेपालले भारत्तोलनमा एक रजत र एक कास्य तथा कुस्तीमा एक कास्य पददक जितेको थियो ।
सिलोङमा आइतबार भएको उसुअन्तर्गत थाउलो महिलामा सुस्मिता तामाङले रजत पदक जितेकी हुन् । उनले ८ दशमलव ८२ अंक प्राप्त गर्दै रजत पदक जित्न सफल भइन् । सोही स्पर्धामा भारतले स्वर्ण र पाकिस्तानले कास्य पदक जिते ।

त्यस्तै, उसुतर्फको पुरुषमा विजय सिञ्जालीले पनि रजत पदक जितेका छन् । त्यस्तै, आइतबार नै भएको भारोत्तोलनतर्फको महिला खेलमा नेपालका जुनुमाया छन्त्यालले कास्य पदक जितेकी छिन् । ६३ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी छन्त्यालले स्न्याचतर्फ ५५ र क्लिन एण्ड जर्कतर्फ ७५ केजी गरी कुल १ सय ३० केजी उठाउदै पदक जितेकी हुन् । यो प्रतिस्पर्धामा बंगलादेशले स्वर्ण पदक र शीलंकाले रजत पकद जित्यो ।
स्वीमिङअन्तर्गत महिलाको २ सय मिटर ब्याक स्टोक फ्रिस्टाइलमा गौरिका सिंहले कास्य पदक जितेकी हुन् । उनले दुरी २.२६.९३ सेकेण्डमा पुरा गरेकी थिइन् ।
यस्तै टेबलटेनिसको पुरुष टिम इभेन्टमा नेपालले कांस्य जितेको छ । नेपाल सेमिफाइनलमा श्रीलंकासंग ३–० ले पराजित भएपछि कांस्यमा सीमित भएको हो । त्यसअघि नेपालले बंगलादेशलाई हराएको थियो । महिला टिम इभेन्टमा नेपालको चुनौती समाप्त भएको छ । नेपाल बंगलादेश विरुद्धको खेलमा ३–२ ले चुक्यो । यस्तै रामबाबु यादवले कुस्तीबाट कांस्य पदक दिलाए । १२ औं सागमा कुस्तीको यो दोस्रो पदक हो । अघिल्लो दिन सरोज यादवले कांस्य जितेका थिए ।
पहिलो अन्तर्राष्ट्रिय स्पर्धामा सहभागी रामबाबुले ६१ केजी तौलको फ्रिस्टाइलमा पदक जितेका हुन् । उनी पाकिस्तानका अब्दुल वाहाईसँग पराजित भएका थिए । रामबाबुले पहिलो खेलमा वाइ पाएका थिए । उनीसँगै अफगानी मोहम्मद अलीले कांस्य जित्दा भारतका प्रदीपले स्वर्ण र अब्दुलले रजत जिते ।
महिलातर्फ भने राउन्ड रोबिनमा सुमित्रा थापा र लक्ष्मी खत्री दुवै पराजित भए ।

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

December 13, 2025

सुदूरपश्चिमविरुद्ध रोहित ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]

Success

Thank you for your time.