default_image

10 years ago

February 27, 2016

डेरी व्यवसायी दिपक खड्का कसरी बने क्याम्पसरोड टीमका मालिक

158 views

0 Bookmark

धनगढी क्रिकेट लिग भाग ३ मा टीम क्याम्पसरोडका मालिकका रुपमा दिपक खड्का अगाढी आएपछि नेपाली क्रिकेट प्रेमीहरुले उनको बारेमा बुझ्न र जान्न चाहे ।

Logo of Team Campus Road

नजिकैको भारतमा हुने आईपिल प्रतियोगितामा आफ्नो टीम स्थापित गर्ने मालिकहरु ठुलो उधोग सञ्चालकहरु, फिल्मि स्टारहरु हुने गर्दछन । उनीहरुसँग अथाहा सम्पत्ती छ र त्यहाँ  क्रिकेटलाई व्यवसायिकीकरण पनि गरिएको छ । व्यवसायिक क्रिकेटले एकातिर क्रिकेट विकासमा मदत पुगेको छ त अर्कातिर मनोरञ्जन साथसाथै ठुलो आर्थिक कारोबार पनि हुने गरेको छ ।
त्यही शैलीमा नेपालमा पनि पहिलो पटक धनगढीबाट धनगढी क्रिकेट लिग सुरु गरियो । धेरै प्रक्रिया उस्तै छन । देश विदेशबाट खेलाडी दर्ता गरियो, उनीहरुलाई अक्सनमा राखियो । मालिकहरुले आफुले लिन चाहेका खेलाडीको बोली लगाए र आफ्नो टीममा भित्र्याए । प्रत्येक टीम मालिकले आफ्नो टीमको नाम आफ्नो ठाउँलाई जोडेर राखे । यसले उनीहरुले आफ्नो सामाजिक उत्तरदायित्व  पनि पुरा गरे । क्रिकेटका माध्यमबाट आफ्नो गाउँठाउँलाई देश तथा विदेशमा चिनाउँन उनीहरु सफल पनि रहे । यस बर्षको सवैभन्दा पर्खाईको प्रतियोगिताका रुपमा रहेको धनगढी क्रिकेट लिगमा आईपिएल भन्दा थोरै फरक पनि छ । त्यहाँका मालिकहरु निकै ठुलो व्यवसायिक घरानाका तथा फिल्म स्टारहरु हुने गर्दछन, जोसँग पैसाको केही कमी छैन र उनीहरु जति पनि लगानी गर्न सक्छन । जीत हार उनीहरुको ईज्जत प्रतिष्ठासँग जोडिएको छ । डिसिएलका टीम मालिकहरु कुनै ठुलो उधोग घरानाका हैनन त  न उनीहरुसँग प्रशस्त पैसा नै छ  । उनीहरुसँग कुनै राष्ट्रिय ब्राण्ड पनि छैन । सवै स्थानिय क्षेत्रमा सानो तिनो व्यवसाय गरेर दैनिक गुजारा चलाईरहेका अनुहारहरु हुन । सवै साधारण भएपनि उनीहरुको काम भने असाधारण छ । जसको सुरुवात सरकारले गर्न सकेको छैन, उनीहरुको पहलबाट त्यो सुरुवात भएको छ । नेपालमा व्यवसायिक क्रिकेटको जग हालेका छन उनीहरुले ।
सुदुरपश्चिमको डोटीको गैरागाउँमा जन्मिएका दिपक खड्का हाल धनगढी उपमहानगर पालिका वडानम्बर ८ मा बस्नुहुन्छ । स्नातकोत्तर अध्ययन सकेका खड्का आफ्नै सानो व्यवसाय गर्ने उदेश्यले २०६८ सालमा दीप डेरीका नामले एउटा व्यवसाय सुरु गरे । नेपाली डेरी एशोसियसन सेती महाकालीका क्षेत्रिय संयोजक पनि रहनुभएका खड्काले युवाहरुले नेपाललाई कृषीप्रधान देश भनेर मात्रै हुँदैन त्यसलाई व्यवहार मै उतार्न सक्नुपर्र्छ भन्ने उदेश्य बोकी डेरी स्थापना गरेका थिए । निकै मेहनती पनि लगनशिल भएर आफ्नो कार्य सम्पादन गर्ने खड्काले आफुलाई त्यसमा मात्र सिमित गराउँनु भएन । आफ्नो ठाउँलाई चिनाउँने तथा त्यस क्षेत्रको विकासका लागि आफु के गर्न सक्नु भनेर सधै चिन्तित भईरहनुहुन्थ्यो । यता धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाहीले आफुले पुर्व घोषणा गरे बमोजिम टीम मालिकहरुको खोजीमा थिए । देश कै प्रतिष्ठित क्रिकेट प्रतियोगिताहरु गरिसकेकाले उनी सहजै ठुला व्यवसायिक घरानाका मा प्रस्ताव लिएर जान सक्थे तर उनले त्यसो गरेनन । उनले जसले त्यस सामाजका लागि केही गर्ने ईच्छा राखेको छ, जो सक्रिय भएर लाग्छ त्यसकहाँ प्रस्ताव लैजाने निर्णय प्रस्ताव शाहीका नजरमा दिपक खड्का पर्नु भएको हो । उहाँ सानो व्यवसाय चलाईरहनु भएको छ, टीम बनाउँन लाखौ खर्च लाग्छ उनी लगानी गर्न तयार होलान कि नहोलान त्यो कुराले मलाई सुरुमा केही अप्ठारो पनि गरायो तर उहाँसामु प्रस्ताव लैजादा उहाँ यति पोजिटिभ देखिनु भयो कि जसले हामीलाई डिसिएल ३ पुरा गर्ने पुरा मार्ग प्रशस्त गरिदियो, शाहीले आफ्नो अनुभव सुनाए । क्याम्पस रोड टीमका मालिक दिपक खड्काले सुरुमा डिसिएलमा एउटा टीम खरिद गर्ने ग्रिन सिग्नल गरेपछि डिसिएल ३ सम्भव भएको थियो ।
क्रिकेटले अन्तराष्ट्रिय जगतमा नेपालको पहिचान निकै फराकिलो बनाएभएको छ, खड्का भन्नुहुन्छ हाम्रो सानो प्रयासले नेपाली क्रिकेटकोे विकास तथा प्रबद्र्धनमा सहयोग पुग्ने आशाका साथ हामीले टीम बनाउँने सोच बनायौ । डिसिएल नजिकिदै जादाँ आफुहरुको तयारी पनि तिब्र गतिमा भईरहेको उहाँ बताउँनुहुन्छ । खेलमा हार जित आफ्नो ठाउँमा छ तर हामी व्यवस्थापनमा कुनै कमजोरी हुन दिने छैनौ उहाँले दोहो¥याए ।
क्याम्पसरोड टीम बनाउँदा पनि उहाले निकै विचार पु¥याउँनु भएको छ । युवा उदयमान खेलाडी रोमन बमको कप्तानीमा रहेको क्याम्पसरोड टीममा राजन शेरचन, सागर भण्डारी, ललित सिंह भण्डारी, सन्तोष भट्ट, राम रावल, चन्द्र सावँद आदि निकै अनुभवी खेलाडीहरु हुन भने आशिष बम, रबि चन्द, लाकेश बम, सन्तोष थापा, प्रकाश सिंह ऐरी, पारस रावल, अमर धानुक, सरोज ऐर, नारायण जोशी, शिवराज ऐर जस्ता युवा खेलाडीहरु रहेका छन ।
डिसिएललाई हामीले पर्वका रुपमा लिएका छौ, खड्का थप्नुहुन्छ सवै क्याम्पसरोडका समर्थकलाई हामी मैदानमा आई खेलाडीहरुको हौसला बढाईदिन अनुरोध गर्दछु । सम्पुर्ण प्रतियोगिता सभ्य र भव्य रुपमा सम्पन्न गर्नु हामी सवैको कर्तब्य पनि हो । यो हामी सवैको साझा कार्यक्रम भएकाले डिसिएलको सफलता नै हाम्रो सफलताका रुपमा मैले लिएको छु ।

आफुले क्याम्पसरोड टीम लिएसँगै क्याम्पसरोड टोलबासीहरुले आफुलाई सहयोग गर्दै आएको उहाँको अनुभव छ । त्यस्तै क्याम्पसरोड टिमलाई सहप्रयोजकको रुपमा बालाजी आईसक्रेम, श्रीराम राईस मिल, क्याम्को चक्लेट, ठाकुर ट्रेड लिंक, भाडिलाल आईसक्रेम आदिले सहयोग गरेका छन ।
सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिग भाग ३ आउँदो फागुन २२ गते देखि अञ्चल प्रहरी कार्यालयको मैदानमा हुँदैछ । कैलाली जिल्लाका विभिन्न पाँच ठाउँको नाममा टिम बनाईएको छ । प्रत्येक टीमले अक्सनमार्फत खेलाडीहरुको बोली लगाएर आफ्नो टीम खडा गरेको हुन । नेपालमा पहिलो पटक गरिएको यस किसिमको अभ्यासले नेपाली क्रिकेटलाई व्यवसायिक बनाउँन मदत पुगेको क्रिकेट जानकारहरु बताउँछन । सगरमाथा सिमेन्ट डिसिएल ३ को क्याम्पसरोड मुख्य टोली हो । क्याम्पसरोडले खेलाडी खरिदमा मात्र झण्डै २ लाख २० हजार बढी खर्च गरेको थियो भने अन्य व्यवस्थापनमा पनि थुप्रै खर्च लागेको टीमले जनाएको छ ।

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

December 13, 2025

सुदूरपश्चिमविरुद्ध रोहित ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]

Success

Thank you for your time.