default_image

10 years ago

August 30, 2015

अफगानिस्तानविरुद्ध नेपाल पराजित

277 views

0 Bookmark

घरेलु मैदानमा नेपाली युवा टोलीले शनिबार साफ यू १९ च्याम्पिसिपको उपाधि जितिरहँदा मलेसियामा भने नेपाली युवा क्रिकेट टोलीले पराजय बेहोरेको छ ।

मलेसिया जांदै युवा क्रिकेट टिम

 

नेपाली यू १९ क्रिकेट टोली शनिबार बलियो अफगानिस्तानसँग १० विकेटको ठूलो अन्तरले पराजित भएको थियो । पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (यूएइ) लाई १ सय ४९ रनले हराएको नेपाल दोस्रो खेलमा कमजोर सावित भयो । क्वालालम्पूरस्थित किनरारा एकेडेमी ओभल मैदानमा टस जितेर ब्याटिङमा उत्रेको नेपाली टोली ४७.५ ओभरलमा अलआउट हुँदै १ सय २३ रनमा खुम्चिएको थियो । जवाफमा अफगानिस्तानले निर्धारित ५० मध्ये आधा ओभरमा विना नोक्सानी १ सय २७ रन जोड्दै लगातार दोस्रो खेल जित्यो ।

शुक्रबार युएइसँग दमदार देखिएका नेपाली बलरले अफगानिस्तानविरुद्ध कुनै कमाल देखाउन सकेनन् । सुरुमा नेपालले ब्याटिङमा कमजोर देखिएपछि बलरले मात्र नतिजा आफ्नो पक्षमा पार्ने सम्भावना कम थियो । नेपालका लागि ओपनर सुनिल धमलाले टोलीका लागि सर्वाधिक ४६ रन जोडेका थिए । उनले ८६ बल खेल्दै ५ चौका प्रहार गरे । योगेन्द्रसिंह कार्की र प्रेम तामाडले समान २० तथा दीपेन्द्र सिंह ऐरीले १० रन बनाएका थिए । अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । दुई खेलको समाप्तीपछि नेपाल २ अंकका साथ तेस्रो स्थानमा छ । समान ४ अंक जोडेका अफगानिस्तान शीर्ष र मलेसिया दोस्रो स्थानमा छ । नेपालले सोमबार आयोजक मलेसियासँग प्रतिस्पर्धा गर्नेछ ।

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

December 13, 2025

सुदूरपश्चिमविरुद्ध रोहित ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]

Success

Thank you for your time.