10 years ago
March 26, 2016
धनगढी, चैत १३
टिम चौराहा सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिग सिजन–३ को च्याम्पियन बनेको छ ।
धनगढीमा शनिबार सम्पन्न निकै रोमाञ्चक फाईनल खेलमा सिवाईसी अत्तरियालाई सुपर ओभरमा पराजित पार्दै चौराहाले उपाधि जितेको हो । उपाधिसँगै चौराहाले ३ लाख तथा उपविजेता टोली सिवाईसी अत्तीरियाले १ लाख ५० हजार प्राप्त ग¥यो ।

टस जितेर पहिले ब्याटिङमा उत्रेको चौराहाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४६ रन बनायो । चौराहाका लागि दिपेन्द्र थापाले सर्वाधिक ३७ रनको पारी खेले । त्यस्तै चौराहाका लागि योगेन्द्र कार्कीले २६ तथा विपिन रावलले २० रन बनाए । सिवाईसी अत्तरियाका सुरेन्द्र चन्दले ४ तथा प्रेम तामाङले २ विकेट लिए ।
जवाफी ब्याटिङमा सिवाईसी अत्तरियाले पनि २० ओभरमा आफ्ना ९ विकेट गुमाएर १ सय ४६ रन नै बनाउँन सक्यो । प्रेम तामाङले ६३ रनको अर्धशतकिय पारी खेले पनि अन्य ब्याट्सम्यानको उल्लेखनिय प्रदर्शन गर्न नसक्दा टीमले विजयी स्कोर बनाउँन सकेन् । अमन पन्थी र सोनु तामाङले समान २ विकेट लिएर सिवाईसी अत्तरियालाई रोके ।
सुपर ओभरमा पहिले ब्याटिङ गर्न आएको सिवाईसी अत्तरियाले ३ रन मात्र बनाउँन सक्यो । पहिलो बलमै विनोद भण्डारीलाई योगेन्द्र सिंह कार्कीले बोल्ड गरे भने पाचौ बलमा प्रेम तामाङ रन आउँट भएपछि सिवाईसीले ४ रनको लक्ष्य पायो । जवाफी ब्याटिङमा आएको चौराहाका भुवन कार्कीले पहिलो बलमा डट र दोस्रो बलमा चौका प्रहार गर्दै चौराहालाई च्याम्पियन बनाए । म्यान अफ द फाईनल प्रेम तामाङ भए ।
म्यान अफ द सिरिज क्याम्पसरोडका सन्तोष भट्टले नगद ५० हजार हात पारे ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]