10 years ago
April 24, 2016
हैदराबादको तेस्रो जित, वार्नरको अर्को अर्धशतक हैदराबाद( एजेन्सी)-
इन्डियन प्रिमिय लिग (आइपिएल) मा लगातार तेस्रो खेल जिते क्रममा सनराइजर्स हैदराबादले शनिबार किड्स ११ पन्जाबलाई ५ विकेटले पराजित गरेको छ । पञ्जाबले छोडेको १ सय ४४ रनको लक्ष्य हैदराबादले १३ बल अघि ५ विकेट गुमाएर प्राप्त गरेको थियो ।
हैदराबादको अपिनिड जोडी फेरी एकपटक जमेपछि टोलीको जित सहज बनेको थियो । कप्तान डेभिड वार्नरले लगातार तेस्रो खेलमा अर्धशतक बनाउने क्रममा शिखर धवनसँग ९० रनको साझेदारी गरे । गरे । वार्नरले ३१ बलमा ७ चौका र ३ छक्कासहित ५९ रन बनाउँदा धवनले ४५ र इयान मोर्गालनले २५ रन जोडे । टस जितेर पहिले ब्याटिड् गरेको पन्जाबले २० ओभरमा ६ विकेटको क्षेतिमा १ सय ४३ रन बनाएको थियो । टोलीका लागि कुनै खेलाडीले अर्धशतक बनाउन सकेनन् ।
शन मार्सले ४० र अक्षर पटलेले ३६ रन बनाए । हैदराबादका लागि मुस्ताफिजुर रहमानले कसिलो बलिड गरे । उनले ४ ओभरमा १ मेडनसहित मात्र ९ रन दिएर २ विकेट लिए । हैदराबाद ६ अंकका साथ तेस्रो स्थानमा उक्लेको छ भने पन्जाब (२) पुछारमा छ ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]