default_image

10 years ago

April 29, 2016

लचक भएपनि निर्वाचित क्यान प्रस्ताव विहिन

153 views

0 Bookmark

 काठमाडौं – क्रिकेट विकासका लागि लचकता अपनाउन तयार रहेको जनाएको नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचित कार्यसमितिले आफ्नोतर्फबाट सहमतीका लागि ठोस प्रस्ताव भने अघि सार्न सकेन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले यसैसाता लगाएको निलम्बन फुकुवा गराउन लचकता अपनाउन तयार निर्वाचित क्यानका महासचिव अशोकनाथ प्याकुरेलले बताएका छन् ।

पत्रकार सम्मेलनमा निर्वाचित नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारी ।

पत्रकार सम्मेलनमा निर्वाचित नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारी ।

‘आइसिसीबाट निलम्बनमा पर्नु नेपाली क्रिकेटका लागि कुनै हालतमा राम्रो होइन । यसले हामीलाई दुखी बनाएको छ । सधँै यो अवस्थामा राम्रो होइन । अन्योल समाप्त गर्न हामी लचक छौं,’ शुक्रबार आयोजित त्रकार सम्मेलनमा उनले भने,‘ राष्ट्रिय खेलकुद परिषद् (राखेप) हाम्रो अविभावक संस्था होस् । त्यहिबाट प्रस्ताव आयो भने हामी सबै विकल्पमा खुला छौं ।’ विगतमा क्यान सञ्चालनका क्रममा कमजोरी भएको स्वीकार गर्दै प्याकुरेलले भने,‘निलम्बनका लागि हाम्रो भूमिका पनि केही जिम्मेवार रह्यो । हामीले आइसिसीको गाइडलाइन अनुसार काम गर्न सकेनौं । जानेनौं । अब धेरै थाहा भइसकेको छ ।’ उनले राखेप समग्र खेलकुदको अविभावक संस्था भएर विवादमा उत्रनु उपयुक्त नभएको तर्क गर्दै प्याकुरेलले भने,‘ बच्चाले चकलेट खाएर दात विगार्न सक्छ । अविभावकले त ब्रस गर्दा त्यस्तो हुँदैन पो भन्नुप¥यो । आफै अकों संरचना खडा गरेर विवादलाई तन्काउन मिल्दैन ।’ क्यानको विषयलाई लिएर सर्वोच्च अदालतमा मुद्दा चलिरहेकाले नेपालमा क्रिकेटको नेतृत्व गर्ने संस्था अभाव रहेको र आइसिसीको विधान उल्लंघन गरेको भन्दै आइसिसीले सोमबार निलम्बन गरेको थियो । बोर्डले आफ्नो निर्णयपछि सरकारी हस्तक्षेप रोक्ने र स्वच्छ चुनाव गराउन बाटो खुल्ने विश्वास लिएको विज्ञप्तीमार्फत प्रष्ट पारेको थियो । राखेपको स्विकृतिबिना मंसिर २९ सम्पन्न साधारणसभाले चतुरबहादुर चन्दको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो । त्यो निर्वाचनलाई मान्यता नदिने भन्दै राखेपले पुस २३ मा रमेश सिलवालको अध्यक्षतामा तदर्थ समिति गठन ग¥यो । तदर्थ समिति, राखेप लगायतविरुद्ध निर्वाचित कार्यसमितिले पुस २८ मा सर्वोच्चमा मुद्दा दर्ता गरेपछि क्यानको आधिकारिकतासम्बन्धी विवाद सुरु भएको हो । मुद्दा अहिले विचाराधीन छ । अध्यक्ष चन्दको उपस्थिति नरहेको पत्रकार सम्मेलनमा अन्य पदाधिकारी भने थिए । क्यान विवादको सिलसिलेबार घटनाक्रम विवरण प्रस्तुत गर्दै प्याकुरेलले पत्रकारका प्रश्नको प्रश्नको जवाफ पनि एक्लै दिए । अन्य कुनै पदाधिकारी वा सदस्य बोलेनन् । उनले ३७ जिल्ला र ९ क्षेत्रका प्रतिनिधिले चुनेकोले बैधानिकता संस्थाको प्रतिनिधि आफुहरु नै भएको दाबी समेत गरे ।

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

December 13, 2025

सुदूरपश्चिमविरुद्ध रोहित ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]

Success

Thank you for your time.