10 years ago
May 5, 2016
इन्डियन प्रिमिएर लिग (आई.पी.एल) अन्तर्गत हिजो रति भएको खेलमा कोलकाता नाइट राइडर्सले किंग्स इलेभेन पन्जाब विरुद्ध सात रनको रोमान्चक जित हात पार्यो|
पहिलो ब्याटिंगमा उत्रेको कोलकाताले निर्धारित २० ओभरमा १६४ रनको योगफल तयार परेको थियो| आफ्नो इनिंग्समा तिन विकेट गुमाएको कोलकाताले तिननै रनआउटमा विकेट गुमायो| उसका लागि कप्तान गौतम गम्भीर र विकेटकिपर रबिन उथाप्पाले राम्रो सुरुवात दिलाए| सतकीय साझेदारी गरेका जोडीले गम्भीर ५४ रनमा पेभेलिएन फर्कीए भने उथाप्पाले ७० रन बनाए|
१६५ रनको लक्ष्य पछ्याएको पन्जाबको सुरुवात विर्सनालायक रह्यो| १३ रनमा ३ विकेट गुमाएको पन्जाबलाई ग्लेन म्याक्स्वेलको आक्रामक पारीले उकासेको थियो| ६८ रन बनाउने क्रममा म्याक्स्वेलले २९ बलमै अर्धसतक पुरा गरेका थिए| अन्तिम समयमा अक्षर पटेलले आक्रामक पारि खेलेपनि उनि रनआउट भएपछि पन्जाबको हार पक्का भएको थियो| पन्जाबको इनिंग्स धराशायी पार्न चार विकेट लिएका आन्द्रे रसल म्यान अफ द म्याच भए|
जितसंगै कोलकाता १२ अंक बोक्दै अंक तालिकाको शिर्ष स्थानमा उक्लेको छ| पन्जाब भने अन्तिम स्थानमा कायमै रहेको छ|
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]