10 years ago
May 5, 2016
धनगढी
डिसिए कप अन्तर विद्यालय क्रिकेट प्रतियोगिता आजदेखि धनगढीमा सुरु भएको छ । धनगढी क्रिकेट एकेडेमीको आयोजनामा प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको एक कार्यक्रमका विच नाष्ट्र कलेजका प्रचार्य शिवहरी मुडभरीले व्याटिङ र धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले बलिङ गरेर उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा प्रमुख अतिथि रहनुभएका प्राचार्य मुडभरीले विद्यार्थीहरुले पढाईस)गै अतिरिक्त क्रियाकलापमा ध्यान दिनुपर्ने बताउनुभयो ।
उहाँले पहिल्लो समयमा क्रिकेटप्रति आकर्षण बढिरहेको भन्दै त्यसको विकाशका लागि सरोकारवालाले लाग्नुपर्ने धारणा राख्नुभयो । उहाँले क्रिकेटको विकाश गर्नसके देशको विकाशमा समेट टेवा पुग्ने बताउनुभयो ।
त्यस्तै धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाहीले यस्ता प्रतियोगिताले राम्रा खेलाडीहरुको पहिचान गरि सक्षम खेलाडी बनाउनमा सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । प्रतियोगितामा कैलालीका २० विद्यालयका टीमहरुको सहभागिता रहेको छ । आज भएको पहिलो खेलमा लिटिल फ्लावर २ विकेटले विजयी भएको छ ।
टस् हारेर पहिले व्याटीङ गरेको स्टेपिङले दिएको ९८ रनको लक्ष्य लिटिल फलावरले १७ दशमलव २ ओभरमा भेटाएको थियो । लिटिल फलावरलाई जिताउने क्रममा चेतन विष्टले सर्वाधिक २९ रन बनाउनुभएको थियो । प्रतियोगिता अन्तर्गत भोली दुइ खेल हुनेछन । त्यस्तै आजै भएको देसा्रे खेलमा एक्सीसले स्टोन व्रिजमाथि ६ विकेटको जित दर्ता गरेको छ ।
स्टोन व्रिजले दिएको १ सय २३ रनको लक्ष्य एक्सीसले एक्सिसले १५ दशमलव ५ ओभरमा ४ विकेटको क्षतिमा १ सय २४ रन बनाउदै जित दर्ता गरेको छ । उसका लागि कविन्द्र शाहले ४२, अमृत रावत २० र अमन चौधरीले १५ रन जोडे ।
त्यस्तै सुवास थापाले २ विकेट लिनुभयो । यसअघि पहिले व्याटिङ गरेको स्टोन व्रिजले विरेन्द्र खातीको २४ र सँजय झाको २३ रनको मदतले १ सय २३ रन बनाएको थियो । स्टोन व्रिजका लागि अमन चौधरी र ईश्वर रावतलले समान दुइईदुई विकेट लिएपनि त्योृ जितको लागि पर्याप्त हुन सकेन । भोली विहान पहिलो खेल गिली एकेडेमी र एश्वेर्य विद्या निकेतनविच र दोस्रो खेल दिउसो ईमरल्याण्ड एकेडेमी र मयुर स्कुल विच हुने आयोजकले जानकारी दिएको छ ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]