10 years ago
May 6, 2016
इन्डियन प्रिमिएर लिग (आई.पी.एल) अन्तर्गत हिजो भएको खेलमा राइजिंग पुने सुपरजाएंट्सले दिल्ली डेरडेभिल्स विरुद्ध सात विकेटको जित हात पार्यो |
पहिलो ब्याटिंगमा उत्रेको दिल्लीले निर्धारित २० ओभरमा १६२ रनको योगफल तयार परेको थियो| आफ्नो इनिंग्समा सात विकेट गुमाएको दिल्लीले ओपनर रिस्हब पन्तलाई सस्तैमा गुमाएको थियो| उसका लागि कप्तान जे.पी. डुमिनिले ३४ रन बनाए भने करुण नाएरले ३२ रन थपेका थिए| पुनेका लागि बोल्यान्ड र भाटियाले दुइ-दुइ विकेट लिए|
१६३ रनको लक्ष्य पछ्याएको पुनेको सुरुवात राम्रो रह्यो| सिजनको पहिलो खेल खेल्दै गरेका खवाजाले रहने संग ५९ रनको साझेदारी गरे| ३० रनमा विकेट गुमाएका खवाजाको स्थानमा आएका सौरभ तिवारीले पनि २१ रन बनाए| खेलको अन्त्यमा ५ बलमा १४ रन प्रहर गर्दै थिसरा परेरले जिततर्फ डोर्याए| ४८ बलमा ६३ रन बनाएर विजयी पारि खेलेका अजिंक्या रहाने म्यान अफ द म्याच भए|
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]