10 years ago
May 8, 2016
बिराट कोहलीले अविजित शतकीय पारि खेलेपछि महेन्द्र सिंह धोनीको राइजिंग पुने सुपरजायन्टसले रोयल च्यालेंजर्स बेंगलोरसंग सात विकेटको पराजय भोगेको छ|
१९२ रन्को लक्ष्य पछ्याएको बेंगलोरका लागि कप्तान कोहली र के.एल. राहुलले पहिलो विकेटका लागि ९४ रन्को साझेदारी गरे| राहुल ३८ रन बनाउदै आउट भए भने बिराट १०८ रनमा अविजित रहे| बेंगलोरको जितमा वाटसनको १३ बलमा ३६ रनको आक्रामक पारीको ठुलो योगदान रहेको थियो| डी भिलिएर्स भने केवल एक रनमै एडम जम्पाको बलमा कट आउट भए| जम्पाले राहुलको पनि विकेट लिएका थिए|
पहिलो ब्याटिङ्ग गरेको पुनेका लागि अजिंक्य रहानेले ७४ र सौरभ तिवारीले ५२ रन बनाएका थिए| दोश्रो विकेटका लागि १०६ रनको साझेदारी गरेका उनीहरुलाई अन्य ब्याट्सम्यानले साथ दिन सकेनन| बेंगलोरका सेन वाटसनले तिन विकेट लिएका थिए भने चहल र जोर्डनले एक-एक विकेट हात पारे|
दिनको दोश्रो खेलमा किंग्स इलेभेन पन्जाबले दिल्ली डेरडेभिल्स विरुद्ध नौ रनको जित हात पार्यो| पहिलो ब्याटिंग गरेर १८१ रन बनाएको पन्जाबका लागि रिधिमान साह र मार्कस स्तोइनीसले समान ५२ रन्को योगदान दिए| राम्रो सुरुवात भएतापनि डे कक् र स्याम्सनको विकेट गुमाएपछि लय बिर्सेको दिल्लीले अन्त्यमा पराजय भोग्नु पर्यो| पहिलो विकेटका लागि आक्रामक ७० रन्को साझेदारी गर्दा डी ककले ५२(३०) र स्याम्सनले ४९(३५) रन बनाएका थिए| ब्याटिङ्गमा चम्केका पन्जाबका स्तोइनीसले बलिङ्ग तर्फ पनि तिन विकेट लिए|
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]