10 years ago
May 22, 2016
काठमाडौं क्यान्डिडेट मास्टर भुपेन्द्र निरौलाले १९ औं राष्ट्रिय चेस च्याम्पियनशीपमा आफ्नो एकल अग्रता कायम राखेका छन् । च्याम्पियनशीप अन्र्तगत आईतबार पाचौं तथा छैठौं चरणका खेल सम्पन्न भए ।
पाचौं चरणको खेलमा ललितपुरका ओलम्पियाड खेलाडी सजीन महर्जनमाथि शानदार जीत दर्ज गरेका निरौलाले छैटौं चरणमा नेपाल पुलिस क्लबका पुरुषोतम चौंलागाईंसँग बराबरी खेले । छैटौं चरणको समाप्तिमा भुपेन्द्रको ५ दशमलब ५ अंक भएको छ । सोमबार हुने सातौं चरणको खेलमा भुपेन्द्रले नेपाल आर्मी क्लबका हिमाल लामासँग प्रतिष्पर्धा गर्नेछन् ।
सिवानी एयरलाईन्सको मुख्य प्रायोजन तथा नेपाल निमार्ण व्यवसायी महासंघ र गजुरमुखी निर्माण कम्पनीको सह प्रायोजनमा स्थानीय समिट होटलमा जारी च्याम्पियनशीपमा नेपाल आर्मी क्लबका हिमाल लामा, नेपाल पुलिस क्लबका पुरुषोतम चौंलागाईं तथा ओलम्पियाड खेलाडी सजिन महर्जन समान ४ अंकको साथ अंक तालिकाको दोश्रो स्थानमा रहेका छन् । पाचौं चरणको खेलमा फिडेमास्टर मनिष हमालसँग बराबरी खेलेका हिमालले छैटौं चरणमा पूर्व राष्ट्रिय च्याम्पियन नविन तण्डुकारलाई पराजीत गरे । त्यस्तै सजिनले छैटौं चरणमा क्यान्डिडेटमास्टर रिजेन्द्र राजभण्डारीमाथी जीत दर्ज गरे । पुरुषोतम चौंलागाईंले पाचौं चरणमा फिडेमास्टर सुजेन्द्रप्रसाद श्रेष्ठलाई पराजीत गरे । बर्तमान राष्ट्रिय च्याम्पियन क्यान्डिडेटमास्टर केशव श्रेष्ठ, मनिष हमाल, नविन तण्डुकार, राष्ट्रिय एमेच्योर च्याम्पियन क्षितीज भण्डारी समान चार चार अंकमा रहेका छन् ।
त्यसैगरी फिडेमास्टर विलमलाल श्रेष्ठ, एपिएफ क्लबका सुमित पन्त, ललितपुरका रविन्द्र शाक्य तथा झापाका प्रकाश नेपाल समान ३ दशमलब ५ अंकमा रहेका छन् । उता चौथो महिला बुद्धिचाल प्रतियोगितामा नेशनल बी च्याम्पियन शिन्दिरा जोशीले अग्रता बनाएकी छन् । आईतबार भएको दुबै खेलमा जीत आत्मसात गरेकी शिन्दिराले पाचौंमा वुमन क्यान्डिडेटमास्टर सुरुची थिङ तथा छैटौंमा पूर्व महिला राष्ट्रिय च्याम्पियन वुमन क्यान्डिडेटमास्टर मोनालिसा खम्बुलाई हराईन । शिन्दिराले सोमबार हुने सातौं चरणको खेलमा सुजना लोहनीसँग प्रतिष्पर्धा गर्नेछिन् । एपिएफ क्लबका शान्ता थापा तथा मोनालिसा खम्बु समान ४ दशमलब ५ अंकका साथ अंकतालिकाको दोश्रो स्थानमा रहेका छन् । शान्ताले पाचौं तथा छैटौं चरणमा क्रमशः ओलम्पियाड खेलाडीद्धय संगीता जयसवाल तथा अस्मिता अधिकारीलाई हराईन भने मोनाले पाचौं चरणमा अस्मिता अधिकारीमाथि जीत हात पारिन । नुवाकोटकी सुजना लोहनी तथा काठमाडौंकी अनिशा न्यौपाने समान ४ अंकमा रहेका छन् । त्यसैगरी अस्मिता अधिकारी तथा संगीता जयसवालको समान ३ दशमलब ५ अंक रहेको छ । सुजनाले पाचौं तथा छैटौं चरणमा क्रमशः आभा पुडासैनी तथा राष्ट्रिय च्याम्पियन विना जयसवालमाथि सानदार जीत हासिल गरिन् ।
नेपाल बुद्धिचाल संघको आयोजना तथा ईलाम जिल्ला बुद्धिचाल संघ र गजुरमुखी चेस क्लबको स्थानीय व्यवस्थापनमा भईरहेको च्याम्पियनशीप अन्र्तगत सोमबार सातौं तथा आठौं चरणका खेल हुनेछन् ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]