6 years ago
September 6, 2019
काठमाडौं (हाम्रो खेलकुद) – एसीसी यू१९ एसिया कप क्रिकेट प्रतियोगितामा आज नेपालले आफ्नो पहिलो खेल अन्तर्गत आयोजक श्रीलंकासँग खेल्दै छ । खेल बिहान १०ः१५ पछि कोलोम्बोमा सुरु हुने छ ।

आयोजक श्रीलंका नेपाललाई हराउँदै सुखद सुरुवात गर्ने सोचमा छ । यता टेष्ट राष्ट्र श्रीलंकालाई हराउँदै नेपालले सेमिफाइनको यात्रा बलियो बनाउन चाहान्छ । पछिल्ला पाँच खेलमा नेपाल श्रीलंकासँग पराजित भएको छ । सन् २०१६ मा श्रीलंकामानै यू१९ एसिया कपमा नेपालले कडा टक्कर दिएपनि एक रनले पराजित हुन पुगेको थियो । त्यस्तै उत्कृष्ट प्रर्दशनको अपेक्षा नेपाली युवा टोलीबाट गरिएको छ ।
एसिया कप अघि तयारी स्वरुप नेपालले श्रीलंकाका तीन स्थानीय टोलीसँग अभ्यास खेल खेलेको थियो । जसमा २ मा हार र १ मा जितको नतिजा निकालेको थियो । श्रीलंकाले पाकिस्तानसँग ५ अभ्यास खेल ३-२ ले हारेको थियो । नेपालका लागि कप्तान रोहित कुमार पौडेल,स्पिनर सागर ढकाल र अलराउन्डर पवन सरार्फ प्रमुख हतियार हुन् । त्यस्तै शीर्ष खेलाडी भिम सार्की,कमल सिंह ऐरी,आशिफ शेख र हरि बहादुर चौहानको प्रर्दशन पनि नेपाललाई महत्वपूर्ण हुने छ ।
विश्वकपको अनुभव रहेको अलराउन्डर निपुन धनञ्जय श्रीलंकाका कप्तान हुन् । निपुनकै कप्तानीमा गत वर्ष श्रीलंका एसिया कपको फाइनलमा पुगेको थियो । त्यस्तै प्रथम श्रेणी खेली सकेका कामिल मिश्रा र रोहन सञ्जय पनि नेपाललाई घातक बन्न सक्छन् ।
आजको अर्को खेलमा बंगलादेशले यूएईसँग खेल्ने छ । बिहीबार पहिलो दिन समुह ए को खेलमा भारतले कुवेतलाई ७ विकेटले हराउँदा पाकिस्तान अफगानिस्तानसँग ८५ रनले स्तब्ध हुन पुग्यो । समुह ए मा भारत,अफगानिस्तान,पाकिस्तान र कुवेत छन् । समुह बी मा नेपाल,बंगलादेश,श्रीलंका र यूएई छन् । समुह चरणको खेलपछि शीर्ष दुई दुई टोली सेमिफाइनल पुग्ने छन् ।
श्रीलंकाको पूर्ण टोली :
निपुन धनञ्जय (कप्तान), कामिल मिश्रा ९उप कप्तान तथा विकेटकीपर०, नभोद परानविधान, भविसा अभिषेक, रभिन्दु रासनाथा डी शिल्भा, अहान विक्रमसिंघे, अभिषेक थरिन्दु, रोहन सञ्जय, आशन ड्यानियल, सान्दुन मेन्डिस, कभिन्दु नादेशान, यासिरु रोड्रिगो, दिलसान मदुशन्का चामिन्दु विज्सिंघे र अश्मी डी शिल्भा ।
नेपालको पूर्ण टोली :
रोहितकुमार पौडेल (कप्तान),पवन सर्राफ,कमलसिंह ऐरी,रित गौतम,हरिबहादुर चौहान,भिम सार्क, मोहमद आसिफ शेख,सन्दीप जोरा,कुशल मल्ल,राशिद खान,सगर ढकाल,खडक बहादुर बोहोरा,सूर्य तामाङ,लोकेश बम र प्रतिस जि.सी. ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]