6 years ago
September 21, 2019
एजेन्सी – क्वारेवियन प्रिमियर लिग (सीपीएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित बार्बाडोस ट्राइडेन्टसले सेन्ट लुसिया जुक्सलाई ७१ रनले पराजित गरेको छ ।

१ सय ७३ रनको लक्ष्य पछ्याएको लुसिया १४.५ ओभरमा १ सय १ रनमा अल आउट भयो । उसका लागि हार्डस भिलोजेन ३१ र कोलीन डी ग्राण्डहोमले २८ रन जोड्न बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । बार्बाडोसलाई सहज जित दिलाउन कप्तान जोसन होल्डर र जोशुआ बिशपले समान २ विकेट लिए । त्यस्तै सन्दीप लामिछाने,जोश लालोर र रेमोन रिफरले समान १ विकेट लिए । सन्दीपले ३.५ ओभरमा २९ रन खर्चेर १ विकेट लिएका थिए ।
त्यस अघि टस हारेर ब्याटिङको निम्तो पाएको बार्बाडोसले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७२ रन बनाएको थियो ।
ओपनर जस्टिन ग्रीब्सले सर्वाधिक ५७ रनको योगदान दिए । उनले ४५ बलमा ६ चौका र २ छक्का प्रहार गरे । त्यस्तै अर्का ओपनर जोसन चाल्र्सले १९ बलमा १ चौका र २ छक्का सहित २८ रनको योगदान दिए । जोनाथन कार्टरले २१ बलमा ४ छक्का सहित ३०,जेपी ड्युमिनीले १८ रनको योगदान दिए । एलशे नर्श १५ रन जोडे । लुसियाका केस्रिक विलियम्सले सर्वाधिक ३ र ओबेद म्याकोयले २ विकेट लिए ।
यस्तो रह्यो सन्दीपको ३.५ ओभर
सातौ ओभरमा आफ्नो पहिलो स्पेल लिएर आएका सन्दीपले ४ रन मात्र खर्चिए । कोलिन डी ग्राण्डहोम डरेन सम्मीलाई १–१ रन गरि ४ रन मात्र खर्चिए । सन्दीपले दोस्रो र पाँचौ बल डट राखेका थिए ।
सन्दीपले नवौं ओभरमा ७ रन खर्चिए । पहिलो बलमै डी ग्राण्ड होमले सन्दीपलाई चौका प्रहार गरे । दोस्रो बल डट रोखे । तेस्रो बलमा डी ग्राण्डहोम २८ रनमा रन आउट हुन पुगे । चौथो बलमा डट राख्दा पाँचौमा २ र छैटौमा १ रन दिए ।
सन्दीपले १३ औं ओभरमा २ रन मात्र खर्चिए । पहिलो बलमा हार्डस भिलोजेनलाई १ रन दिए । सन्दीपले केस्रिक विलियम्सलाई लगातार ३ बल डट राख्दा पाँचौ बलमा १ रन दिएका थिए ।
सन्दीपले आफ्नो अन्तिम स्पेलको १५ ओभरमा भने खराब प्रर्दशन गरे । हार्डस भिलोजेनले सुरुवाती दुई बलमा लगातार छक्का प्रहार गरे । तेस्रो बलमा एक रन दिए । चौथो बलमा फहाद अहमीदलाई ३ रन दिए । पाँचौ बलमा सन्दीपले हार्डसलाई ३१ रनमा बोल्ड आउट गरे । ओबेद म्याकोय रिटायर्ट आउट भएपछि सन्दीपले अन्तिम बल गर्नु परेन ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]