10 years ago
June 8, 2016
जर्जटाउन (एजेन्सी)– तीब्र गतिका बलर कागिसो राबाडाले उत्कृष्ट बलिङ गरेपछि त्रिकोणात्मक श्रृखंलामा आज दक्षिण अफ्रिकाले विश्वकप विजेता अस्ट्रेलियालाई ४७ रनले हराएको छ । टस जितेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८९ रन मात्र बनाउन सकेको थियो । मध्यम लक्ष्य पछ्याएको अस्ट्रेलिया ३४.२ ओभरमा १ सय ४२ रनमा अलआउट भयो ।
ओपनर डेभिड वार्नरलाई दोस्रो ओभरमै आउट गरेपछि खेलमा विस्तारै दक्षिण अफ्रिका हावी हुँदै गएको थियो । अर्का ओपनर आरोन फिन्चले सर्वाधिक ७२ र तल्लो क्रमका नाथन लियोनले ३० रन बनाउनु बाहेक अस्ट्रेलियाका कुनै पन ब्याट्सम्यानले दोहोरो आकडामा रन बनाउन सकेनन् ।
तीन स्पिनरका साथ उत्रेको दक्षिण अफ्रिकाका लागि २१ बर्षे रावडाले उच्च प्रदर्शन गरे । ७ ओभर बलिङ गर्दै मात्र १३ रन दिएर उनले ३ महत्वपूर्ण विकेट लिए । त्यस्तै वाइने पर्नेलले, इमरान ताहिर, आरोन फान्गिसोले समान २ र डेब्यू गरेका ताब्राइज साम्सीले १ विकेट लिएका थिए ।
त्यसअघि मध्यक्रमका ब्याट्सम्यान फरहान बिहाडिनले ८२ बलमा ६२ रन बनाएपछि दक्षिण अफ्रिकाले मध्यस्कोर तयार पारेको थियो । कप्तान एबि डि भिलियर्स, हासिम अमलाले पनि टालीलाई उकास्ने प्रयास गरे । ओपनर अमलाले ३५ र डी भिलियर्सले २२ रन बनाए ।
अस्ट्रेलियाका जोस हाजलेउड, नाथन काउल्टर निल,ग्लेन म्याक्सवेलले समान २ तथा लियोन र एडम जाम्पाले १÷१ विकेट लिए ।
तीन टोलीको सहभागिता रहेको श्रृखंलामा सबै टोलीले १ जित र १ हार बेहोरेका छन् । प्रतियोगितामा आयोजक वेस्ट इन्डिजको पनि सहभागिता छ ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]