default_image

6 years ago

September 28, 2019

जिम्बावेसँग हारको ३ टर्निङ प्वाइन्ट

161 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पहिलो खेलमा टेष्ट टोली जिम्बावेलाई बलियो चुनौती दियो । एक समय जित नजिक पुगेको नेपाल अन्त्यमा चुक्न पुग्यो । नेपाल जिम्बावेसँग ५ विकेटले पराजित हुन पुग्यो । १ सय ३३ रनको लक्ष्य जिम्बावेले १८.१ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो ।

टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३२ रन बनाएको थियो। सामान्य लक्ष्य पछ्याएको जिम्बावेलाई लेग स्पिनर सन्दीप लामिछानेले प्रमुख तीन ब्याट्सम्यानलाई डक आउट गरेपछि समस्यामा परेको थियो । एक समय १० ओभरमा ६४-५ को कमजोर अवस्थामा पुगेको जिम्बावेलाई छैटौं विकेटका लागि बर्ल र मुतुम्बामीले ६९ रनको अविजित साझेदारी गर्दै हार टारेका थिए । जित नजिक पुगेको नेपाल जिम्बावेसँग हार्नुका टनिङ प्वाइन्टहरु यस प्रकार रहे ।

३. सेट ब्याट्सम्यान पारस आउट हुनु

टस हारेर ब्याटिङ थालेको नेपालले राम्रो योगफल बनाउने आशा गरिएको थियो । ओपनर इशान पाण्डेलाई नेपालले दोस्रो ओभरको अन्तिम बलमा ४ रनमा गुमाएको थियो । नेपालको इनिङ कप्तान पारसमा बढि निर्भर थियो । यो खेल मात्र होइन हेरक खेल पारसमानै बढि निर्भर रहने गर्दछ । त्यसैले धेरैले पारसलाई ‘वान म्यान आर्मी’ अर्थात् एकल योद्धा समेत भन्ने गर्दछन् । पारसले रन पनि जोडी रहेका थिए ।

रायन बर्लको आठौं ओभरको तेस्रो बलमा कप्तान पारस वाउन्ड्रीको आसामा गलत सट खेल्दै १८ रनमा क्याच आउट हुन पुगे । पारस आउट हुनु नेपाललाई ठूलो घक्का मात्र थिएन खेलको टनिङ प्वाइन्ट समेत बन्यो । पारस आउट भएसँगै अन्य ब्याट्सम्यानले रन जोड्न संघर्ष गर्नु पर्यो । उता दीपेन्द्रले अर्कोतर्फबाट रन जोडी रहेका थिए । सोमपालले अन्त्यमा ३ छक्का सहित २५ रन जोडे । पारस लामो समय सम्म क्रिज टिकेको भए बलियो योगफल बन्न सक्थ्यो ।

२. डेथ ओभरमा दीपेन्द्र र कुशललाई बलिङ

सामान्य लक्ष्य पछ्याएको जिम्बावे अप्रत्यासित हारको नजिक थियो । लेग स्पिनर सन्दीप लामिछाने शीर्षक्रममा तीन ब्याट्सम्यान रेजिस चकवा, तिनोटेन्डा मुताम्बोडजी र कप्तान सन विलियम्सलाई डक आउट गराएपछि जिम्बावे संकटमा पर्यो । १४ ओभर सम्म नेपाल हाबी बनेको थियो । तर कप्तान पारस खड्काले सबैलाई आश्चर्य पार्दै १५ ओभरमा दीपेन्द्रलाई बलिङ ल्याए ।

ठूला सटको पर्खाईमा रहेका जिम्बाबेका मुतुम्बामीले तेस्रो र चौथो बलमा लगातार छक्का प्रहार गरेपछि खेलले नयाँ मोड लिएको थियो । दुई छक्कासँगै जिम्बावे माथिको दवाव र रन रेट घटेको थियो । अन्तिम २४ बलमा २७ रन चाहिएको अवस्थामा कप्तान पारसले सोमपाल कामी र करण केसीलाई रोकेर कुशल मल्ललाई बलिङ दिए । जुन घातक बन्यो । यस ओभरमा कुशलले ३ छक्का र १ चौका सहित २३ रन खर्चिएपछि नेपालको जितको सम्भावना सकिएको थियो । जवकी सोमपालको १ र करणको २ ओभर बाकी हुदा हुदै पनि कुशल र दीपेन्द्रलाई बलिङमा ल्याउनु नेपालले हार्नुको एक टर्निङ प्वाइन्ट बन्न पुग्यो ।

१. अभिनाशलाई बलिङमा ढिला ल्याउनु

खेलको अर्को महत्वपूर्ण टर्निङ प्वाइन्ट भनेको तीब्र गतिका बलर अभिनाश बोहोरालाई बलिङमा ढिला ल्याउनु हो । नेपालले १० औं ओभरमा पाँचौ सफलता हात पारेको थियो । तर बर्ल र मुतुम्बामीले राम्रो साझेदारी गर्दै लगेका थिए । सामान्य लक्ष्यमा जिम्बावेलाई रोक्न नेपालले उक्त साझेदारी समयमै तोड्नुपर्ने थियो । नेपालका लागि टि-२० स्पेलिष्ट अभिनाशलाई कप्तान पारसले १६ औं ओभरमा ल्याएका थिए ।

त्यस अघि १५ औं ओभरमा दीपेन्द्रले २ छक्का खान पुगेका थिए । योर्कर फ्क्यान सिपालु अभिनाशलाई १३ ओभरपछि ल्याएको भए खेलले नयाँ मोड लिन सक्थ्यो । अभिनाशले २ ओभरमा ११ रन मात्र खर्चेका थिए । सामान्य लक्ष्य पनि अन्तिम ओभर सम्म जान्छ की भन्ने आशाले अभिनाशलाई ढिला ल्याउनु नेपालले हार्नुको अर्को टनिङ प्वाइन्ट बन्यो ।

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

December 13, 2025

सुदूरपश्चिमविरुद्ध रोहित ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]

Success

Thank you for your time.