6 years ago
November 24, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) सुरुहुन एक साता बाँकी छ । यस सागमा नेपालको लक्ष्य ५० स्वर्ण जित्ने छ । जसमा महिला क्रिकेट टोलीबाट स्वर्णको आशा गरिएको छ ।

झण्डै चार महिना देखी तयारीमा जुटेको नेपाली महिला क्रिकेट टोलीले पोखरामा प्रतिस्पर्धा गर्नेछ । सागमा महिला क्रिकेट तर्फ ४ देशको मात्र सहभागिता रहनेछ । श्रीलंका, बंगलादेश, माल्दिभ्स र नेपालले प्रतिस्पर्धा गर्ने छन् । लिग चरणपछि शीर्ष दुई टोली स्वर्णका लागि भिड्ने छन् ।
यू१९ पुरुष टोलीलाई विश्वकप र नेपाली सिनियर टोलीलाई पहिलो पटक वान डे मान्यता दिलाएका प्रशिक्षक जगत टमाटाले महिला क्रिकेट टोलीलाई प्रशिक्षण दिई रहेका छन् । प्रशिक्षक टमाटाले नेपालको लक्ष्य सागमा स्वर्ण जित्ने र त्यसको लागि नेपाल तयार भएको बताए ।
‘चार महिना देखी हामीले राम्रो तयारी गयौं । साग खेल्न सबै खेलाडीहरु आतुर र उत्साहित छन् । सबैले कडा मिहिनेत गरेका छन् । सबैले आफ्नो जिम्मेवारी थाहा छ । डब्लूसिएलले पनि धेरै फाइदा दिएको छ । क्रिकेट भनेको मान्छे हेरेर खेलिदैन, बल र ब्याट हेरेर खेल्ने हो । हार र जित आफ्नो ठाउँमा छ । तर हामीले उत्कृष्ट क्रिकेट खेल्ने छौं’, टमाटाले भने ।

‘टोली सन्तुलन छ र मानसिक रुपमा तयार छन् । गोल्ड मेडलको लागि चुनौती छ । चुनौती सामना गर्न तयार छौं’, उनले भने ।
‘टि ट्वान्टीमा धेरै सोचेर पनि केहि हुँदैन । टोलीमा ४,५ जना हिटर हुँदा ब्याटिङ लाइन अप बलियो छ । बोर्डमा १ सय २० देखी १ सय ३० रन बनाउन सके प्रतिस्पर्धा हुने छ । खेलाडीले खेलको दिन कस्तो खेल्छन् त्यो महत्वपूर्ण हुन्छ । लिगमा हाम्रो लक्ष्य टप हुने हो । हार जित आफ्नो ठाउँमा छ । तर उत्कृष्ट क्रिकेट खेल्नुपर्छ’, टमाटाले भने ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]