9 years ago
July 5, 2016
काठमाडौं (हाम्रो खेलकुद) – केही साताअघि नयाँ नेतृत्व पाएको नेपाल क्रिकेट खेलाडी संघले दुई नेपाली खेलाडीलाई विदेशी क्लबबाट क्रिकेट खेल्ने मौका जुटाएको छ । नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेका नरेश बुढाएर र सुसन भारीलाई वैदेशिक क्लबमा खेल्ने मौका मिलेनको संघले मंगलबार विज्ञप्तीमार्फत जनाएको छ ।
संघका महासचिव पारस खड्काले जारी गरेको विज्ञप्ती अनुसार नरेशले क्यानाडाको ब्लुमफिल्ड क्रिकेट एकेडेमीबाट र सुसनले इंङल्यान्डको पलमाउथ क्रिकेट क्लबमा खेल्ने छन् । नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक पुबुदु दासानायके र संघको संयुक्त पहलमा नरेशले क्यानाडामा खेल्ने मौका पाएका हुन् । नरेशले ब्लुमफिल्डमा करिब चार महिना खेल्ने र प्रशिक्षण गर्नेछन् । उनी बुधबार त्यसतर्फ जाँदैछन् । नरेशको आउने जाने र त्यहाँ रहँदाको सबै खर्च क्लबले बेहोर्ने खेलाडी संघले जनाएको छ ।
संघकै पहलमा बायाँ हाते स्पिनर सुसनले फलमाउथमा तीन महिना प्रशिक्षण गर्ने र खेल्नेछन् । उनी सेप्टेम्बरको अन्त्यमा जाने र उनको पनि सबै खर्च क्लबले गर्नेछ । संघको अध्यक्षमा पूर्व कप्तान पवन अग्रवाल छन् । केही साताअघि संघको साधारण सभाले अग्रवालको नेतृत्वमा कार्यसमिति चयन गरेको थियो
अहिले राष्ट्रिय टोलीमा नपरेपछि नरेश र सुसनलाई प्रशिक्षणको मौका मिलेको छ । नेपाल विश्व क्रिकेट लिग च्याम्पियनसिपको तयारीका क्रममा अर्को साता इङ्ल्यान्ड भ्रमणमा निस्कदैछ । विश्व क्रिकेट लिग च्याम्प्यिनसिपमा केही सातापछि नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]