9 years ago
July 11, 2016
काठमाडौं (हाम्रो खेलकुद) – अर्को महिना नेदरल्यान्डसँग विश्व क्रिकेट लिग च्याम्पियनसिपमा दुई खेल खेल्ने तयारीमा रहेको नेपाली क्रिकेट टोली अभ्यासका लागि सोमबार इङ्ल्यान्ड प्रस्थान गरेको छ । नेपाली टोलीले लड्स क्रिकेट मैदानमा मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) सँग साउन ४ गते अभ्यास मैत्रीपूर्ण खेल खेल्नेछ ।

पारस खड्का को नेतृत्वमा टोलीमा उपकप्तान ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी, शरद भेषवाकर, सोमपाल कामी, सागर पुन ,विनोद भण्डारी, शक्ति गौचन, सुवास खकुरेल, करण केसी, अनिलकुमार मण्डल, सन्दीप लामिछाने, बिक्रम सोब, राजु रिजाल र राजेश पुलामी मगर छन् । टेक्निकल एनालिस्ट रमण सिवाकोटी र फिजियो दिनेश भट्ट पनि टोलीसँगै इङ्ल्यान्ड गएका छन् ।
अभ्यास खेललाई लिएर कप्तान पारस खड्का र प्रशिक्षक जगत टमाटा उत्साहित छन् । पारसले भने, ‘ क्रिकेटको ऐतिहासिक ठाउँमा पहिलोपटक खेल्न पाउने हामी एसोसिएट राष्ट्रमध्ये पहिलो हुन सक्छौ । यो मौकालाई सक्दो उपयोग गर्नुपर्छ ।’
प्रशिक्षक टमाटाले भने, ‘लड्समा खेल्न पाउनु ठूलो अवसर हो, त्यसैले हामीले त्यहाँ राम्रो खेलेर सबैको ध्यान तान्नुपर्छ ।’
अभ्यास खेलपछि स्वदेश फर्केर मात्र नेपाली टोली नेदरल्यान्ड्स जानेछ ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]